फाइल फोटो काठमाडौं- कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
गत भदौ ४ मा निवर्तमान मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले बिहीबार संविधानको धारा १६८ (३) अनुसारको सरकार गठनका लागि परमादेश जारी गरेको थियो।
नवनियुक्त मुख्यमन्त्री कार्कीले शुक्रबार नै पद तथा गोपनियताको सपथ लिएका छन्। साथै उनले पाँच सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन्।
मुख्यमन्त्रीले शुक्रबार नियुक्त गरेका मन्त्री र राज्यमन्त्रीहरू यसप्रकार छन्-
तिलकुमार मेन्याङ्वो (लिम्बू)
पाँच कर्ण राई
एकराज कार्की
सिर्जना राई/राज्यमन्त्री
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।