• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

पुस्तक समीक्षा : चिसो बाफ कि तातो बाफ!

64x64
निर्भीकजंग रायमाझी शनिबार, भदौ २३, २०८०  ११:००
1140x725

कुनैकुनै सिर्जनाको शीर्षकले नै बढी आकर्षित गर्छ। शीर्षकले पैदा गर्ने खुल्दुलीले पनि पुस्तक पढ्न प्रेरित गर्छ। ‘चिसो बाफ’ उपन्यासको शीर्षक यस्तै प्रतीकात्मक छ। शीर्षकमात्र नभई यस उपन्यासको कथावस्तुसमेत निकै पृथक छ। खासमा तातो बाफको स्पर्श लिने बानी परेका हामीलाई चिसो बाफ पनि जीवनको अर्को पाटो हो भन्ने स्वीकार गर्न गाह्रो पर्छ। 

‘चिसो बाफ’ उपन्यास, नेपाली युवक र युवतीको कथा भए तापनि यसको कथा–भूमि बेलायत हो। बेलायत वा युरोपको कुनै व्यस्त सहरमा बस्ने मानिसको दैनिक जीवनलाई यसले खोतलेको छ। युरोपका धेरै सहरमा पढ्नका लागि आएका विदेशी विद्यार्थीको जीवनमा केकस्ता मोड आउँछन्, त्यसको चर्चा ‘चिसो बाफ’मा पाइन्छ। अझ महामारी, युद्ध वा अफ्प्ठेरो परिस्थितिमा बाहिरी मुलुकबाट आएका मानिसले भोग्नुपर्ने उल्झन उपन्यासले देखाएको छ।

उपन्यासको मुख्य पात्र दर्शनशास्त्र पढ्दै गरेको अमित सापकोटा हो। वा उसकै उमेर समूहको जुनसुकै युवकलाई तपाईं उपन्यासको पात्र मान्न सक्नुहुन्छ। मुना शर्मा उसकी प्रेमिका हुन्छे। अमित–मुनाको भेट बेलायतको नटिङ्घममा भएपछि उनीहरू छोटो समयमा नै लिभिङ टुगेदरमा बस्छन्। यो कुरा दुवैको परिवारलाई धेरै पछिसम्म थाहा हुँदैन। रहँदै–बस्दै जाँदा उनीहरू जीवनमा एक अर्काप्रति यति धेरै जोडिइसकेका हुन्छन् कि कुनै एक नरहँदा जीवन अगाडि बढ्न सक्ने अवस्था आउँदैन। 

सोझो कथा यही भए पनि यहाँ आउने उतार–चढाव एवंसहायक घटनाले उपन्यासलाई रोचक बनाएको छ। कथा प्रेमको भए पनि यसले जीवन–मृत्यु र अस्तित्वमाथि चिन्तन गरेको छ। पश्चिमा साहित्यको गहन अध्ययन गरेका उपन्यासकार सापकोटामा अस्तित्ववादी लेखकहरूका प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव तथा पछिल्लो समय विश्व आख्यान लेखनमा चलेको शैली पनि महसुस गर्न सकिन्छ। 

लेखकका अनुसार आफू बेलायत बसेको र कोभिड महामारीको पीडा देखे–भोगेकाले पनि यो उपन्यास लेखनमा त्यसको प्रभाव परेको छ।

गोपी सापकोटाको यसअघि ‘काँचो कागज’ उपन्यास प्रकाशित थियो। उनको लेखनको मुख्य विधा नाटक, कविता र उपन्यास हो। उनका नाटकहरू पढ्दा वा हेर्दा पनि त्यसमा कथानक बलियो पाइन्छ। सायद उनको कथा लेखनको सुरुवात नाटकबाट नै भएको थियो। (सापकोटाको ‘पूर्णविराम’, ‘खरानी’, ‘कालो आकृति’ र ‘प्रेम कतिपय’ गरी चारवटा नाटकसंग्रह तथा ‘एक अन्त्य, एक सुरुआत’, ‘गुलाफको एस्ट्रेमा मृत्यु’ र ‘अ सुसाइड नोट’ गरी तीन कविताकृति प्रकाशित छ। काँचो कागज र चिसो बाफ उनको पछिल्ला दुई उपन्यास हुन्। सापकोटा नेपाली र अंग्रेजी दुवै भाषामा लेख्छन्।)

०००

कुनै ठूलो घटना नघटिकन अथवा कुनै पूर्वघटना वा परिस्थितिको सृजना नभईकन पनि जीवनमा प्रलय आउन सक्छ भन्ने संकेत उपन्यासले दिन खोजेको छ। त्यस्तो संकटमा मानिसले कसरी सामना गर्छ त्यो देखाउन खोजिएको छ। यसरी हेर्दा चिसो बाफ मनोविज्ञानको कथा पनि हो। मानिसलाई मनोविज्ञान (दिमाग, सोचविचार) ले निर्देश गरेको हुन्छ। त्यसमा अलिकति तल–वितल हुनेबित्तिकै जीवन प्रभावित हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर के मानसिक अवस्था बिग्रिँदा वा अलिकति तलमाथि हुनेबित्तिकै मानिस असामाजिक वा खराब हुने हो त?

उपन्यासले भन्छ, मानिसको मनोविज्ञानमा आएको फेरबदलले मात्र उसलाई असमाजिक भन्न मिल्दैन। ऊ झन् बढी प्रेमिल, करुणामय र जीवनचेतले भरिपूर्ण बन्न सक्छ। भौतिक वा शारीरिक रुपमा कमजोर हुनु सामान्य हो। तर मानसिक समस्यासँग जुध्दैमा मानिस खराब हुँदैन। 

उपन्यासको मध्यतिर एउटा घटना घटेको छ। जहाँ जिउँदो मानिसले मृत्यु–संसारमा विचरण गरेको कथा छ। मानिस मरेपछि कस्तो घटना घट्छ वा उसले के महसुस गर्छ भन्ने कुरा जीवनकालमा नै अनुभव गर्न पाउने ठाउँमा अमित र मुनाले यात्रा गर्छन्। टिकट काटेर एउटा भिडियोगेम वा थ्रीडी सिनेमा हेरेजस्तो ठाउँमा गएर मानिसले मृत्युपछिको जीवन अनुभव गर्न पाउँछ। त्यस्तो ठाउँ र खेल वास्तविक संसारमा छैन। यो लेखकको कल्पनामात्र हो। यो प्रयोग सम्भववतः नेपाली साहित्यमा पहिलो हो। 

यस्तै एक रेस्टुराँमा प्लास्टिकको रूख र फूल देखेपछि अमित र मुनाले गरेको संवादले विपर्यास देखाउन खोजेको छ। प्लास्टिकको रूखको फूल भुँइमा खसेको हुँदैन। तर शीत वा पसिना आएको हुन्छ। यदि साँच्चिकै फूल भए रूखबाट खसेका फूल, पात, हाँगा भुँइभरि हुने थियो। तर प्लास्टिकको फूल जुनसुकै याम, घाम वा परिस्थितिमा पनि एकोहोरो फुलिरहेको छ।

Xtrem

Xtrem

आख्यानकार अमर न्यौपाने पनि चिसो बाफको कथाको संरचनामा नौलो प्रयोग र काल्पनिकता पाइने बताउँछन्। न्यौपाने भन्छन्, ‘सिर्जना आविष्कार हो र लेखनमा आविष्कार गर्ने गोपी सापकोटाको ट्रेन्ड हो। नेपाली भाषामा लेखिएका अन्य कथाभन्दानवीन शैली यो किताबमा छ। लेखकले असामान्य कथालाई समेत सहज ढंगले लेखेका छन्।’

यसरी कथा भन्ने शैली, कथाको विषय, पात्र एवं घटनाले चिसो बाफ उपन्यास पृथक बनेको छ। सम्पूर्ण रुपले हेर्दा उपन्यासको लागि कथा छोटो देखिन्छ। थोरै पात्रको प्रयोग गरेकाले कतैकतै पाठकलाई कथा पढ्दा नीरस लाग्न सक्ने देखिन्छ।  

यद्यपि चिसो बाफ उपन्यासले मानिसको जीवनको क्षणभङ्गुरतालाई देखाएर जीवन सम्पूर्णतामा हेर्दा कहीँकतै मिलेको छैन, भनेको छ। अथवा मिलाउन खोज्दाखोज्दै मिल्दैन भनेको छ। प्रेम र यौवनको रागमा मानिसले जीवनको कटु भुल्छ। अभाव वा दुःखमा पुनः जीवनमाथि चिन्तनः गर्छ। 

अनि भनेको छ, तातो बाफको स्पर्शले न्यानो बन्नुपर्ने जीवन, यदाकदा चिसो–बाफको धुँवामा रुमलिन्छ। 

विधा : उपन्यास
प्रकाशक : कलम प्रकाशन, काठमाडौं
मूल्य : ४ सय ४५ रुपैयाँ 
पृष्ठ : २ सय २८ 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ११:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्भीकजंग रायमाझी
लेखकबाट थप
पुस्तक समीक्षा : चिसो बाफ कि तातो बाफ!
नेपाल–बेलायत चिनाउने ऐतिहासिक जर्नल, जसको सुरुवाती संरक्षक थिए ज्ञानेन्द्र शाह
बेलायत बसेर व्यंग्य लेख्छन् भैरव अर्यालका भान्जा
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्