• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नेपाल–बेलायत चिनाउने ऐतिहासिक जर्नल, जसको सुरुवाती संरक्षक थिए ज्ञानेन्द्र शाह

64x64
निर्भीकजंग रायमाझी शनिबार, साउन २७, २०८०  १७:३०
1140x725

‘तपाईंले एभरेस्ट चढ्नुभएको होला है!’

बेलायतीहरू कुनै नेपालीलाई भेट्दा यो प्रश्न छुटाउँदैनन्। यदि यही नसोधिए, अर्को प्रश्न जरुर गोर्खा लाहुरे (धेरैले गुर्खा पनि भन्दै आएको) बारे सोध्ने गरिन्छ।

उसो त विश्वकै अग्लो शिखर सगरमाथा (एभरेस्ट) चढ्ने काम अत्यन्त कठिन रहेको बेलायतीलाई थाहा नभएको होइन। गफ वा प्रसङ्गलाई रोचक बनाउन उनीहरूले नेपालीसँग यस्तो कुरा गर्छन्।

साथै कोही नेपाली हिमाल आरोहण नगरेको भए पनि ऊ हिमाली क्षेत्रकै हुन सक्ने ठानेर पर्वतारोहण, पदयात्रा वा हिमालय क्षेत्रबारे कुरा गर्नु स्वभाविक हो। 

नेपाल–बेलायतको सम्बन्ध हिमाल वा गोर्खा भर्तिसँग मात्र सीमित छैन। पछिल्लो समय विद्यार्थी, कामदार, पर्यटक वा व्यवसायीको रूपमा नेपालीहरू बेलायत आउने क्रम बढेकाले दुई देशको सम्बन्ध औपचारिक तहबाट जनस्तरको सम्बन्ध बढी रहँदै गएको छ। 

नेपाल–बेलायतको यही सम्बन्ध र यसका अन्य आयाम बुझ्न‘नेपाल ब्रिटेन सोसाइटी’को वार्षिक जर्नल (शोधमूलक पत्रिका) उपयोगी देखिन्छ। सोसाइटी राजा महेन्द्रको सन् १९६० अक्टुबरको बेलायत भ्रमणपछि दुई देशबीच ‘नागरिक तह’मा सम्बन्ध स्थापना गर्न गठन गरिएको संस्था हो। दुई सरकारबीच मात्र सम्बन्ध नभई पढ्न आएका विद्यार्थी, जागिरे तथा जुनसुकै रुपमा बेलायत बस्ने नेपाली र नेपाल जाने बेलायतीबीच सम्बन्ध रहोस् भन्ने यो संस्थाको उद्देश्य थियो।

यस जर्नल सुरु हुनेताका (सन् १९७७) मा संस्थाको संरक्षक तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह थिए। 

यही संस्थाले पहिलो जर्नल सन् १९७७ (वि.सं २०३४) प्रकाशित गरेको थियो। त्यसपछि सन् २०१९ सम्म वार्षिक रुपमा नियमित प्रकाशित हुँदै आएको जर्नल जम्मा ४२ अंक प्रकाशित भयो। त्यसपछि कोभिड तथा अन्य संस्थागत कारणले जर्नल प्रकाशित हुन सकेन।

Ncell 2
Ncell 2
nimb
nimb

रोचक के छ भने, यस जर्नलको मात्र अध्ययन गर्ने हो भने पनि नेपाल–बेलायत सम्बन्धको चार दशकको इतिहास पढ्न–बुझ्न पाइन्छ। बेलायतको आँखाबाट नेपाल र नेपालको आँखाबाट बेलायत हेर्न यो जर्नल उपयोगी छ। 

जर्नलका अधिकांश लेख नेपालसँग सम्बन्धित छन्। पर्वतारोहण तथा पदयात्राको कथा, नेपालका वनस्पति, वन्यजन्तु, सांस्कृतिक सम्पदा र पर्यटन तथा नेपाली समाजमाथि लेखिएका लेख यसमा पाइन्छ। पछिल्ला अंकमा नेपालीहरूले सुरु गरेको व्यापार–व्यवसायको विज्ञापन तथा नेपाललक्षित कार्यक्रमको समाचारले पनि जर्नललाई विशेष पठनीय बनाएको छ। 

जर्नलको पहिलो अंक बेलायती महारानी एलिजावेथले राज्यरोहणको २५ वर्ष पूरा गरेको (सिलभर जुल्भी) अवसरमा प्रकाशित गरिएको थियो। सन् १९७७ को पहिलो अंकमा चारवटा लेख प्रकाशित छ। हनुमानढोका दरबारको पुनर्निमाणबारे एउटा लेख, सगरमाथा आधारशिविर यात्राबारे अर्को लेख, यस्तै नेपालका चराबारे खोजमूलक लेख र सगरमाथा क्षेत्रमा घटेका प्राकृतिक एवम् मानवीय घटनाबारे लेखिएको लेख समेटिएको छ। 

पहिलो अंकदेखि नै यसको सम्पादन बेलायती नागरिकले नै गर्दै आएका थिए। पछि संस्थामा जोडिएका नेपालीहरूले पत्रिकाको लागि अन्य सहयोग गरे पनि प्रकाशन, सम्पादनसँग सम्बन्धित कार्यमा बेलायती नागरिककै अग्रसरता देखिन्छ। संस्थाको ६० वर्षे इतिहासमा विभिन्न पद एवम् कार्यसमितिमा नेपालीहरू पनि रहँदै आएका छन्। 

Xtrem

Xtrem

जर्नलको दोस्रो अंक सन् १९७८ मा प्रकाशित भयो। उक्त अंकमा मुस्ताङ थाकखोला क्षेत्रमा भएको सामाजिक परिवर्तनमाथि लेखिएको लेख प्रकाशित छ। यस्तै मुक्तिनाथ यात्रामाथि र बेलायतमा स्थापना भएको गोर्खा संग्रहालयबारे लेख प्रकाशित छ।

तेस्रो अंकमा सगरमाथा क्षेत्रमा रहेका बौद्ध गुम्बा तथा बौद्ध वास्तुकलाबारे लेख प्रकाशित छ। चौथो अंकमा ‘ह्वेर डु द रियल शेर्पाज् लिभ?’

शीर्षकमा शेर्पाहरूको मूल थलो तथा बसाइँसराइमाथि केन्द्रित लेख प्रकाशित छ। पाँचौ अंकमा चितवन राष्ट्रिय निकुञ्जको वन्यजन्तुमाथि लेखिएको लेख मुख्य खुराकको रूपमा रहेको पाइन्छ। नवौं अंकमा (सन् १९८५) नेपाली उद्यमी एवम् समाजसेवी ईश्वर मानन्धरको ‘नटराज होटल’को विज्ञापन प्रकाशित छ। मानन्धरलाई बेलायतमा होटल व्यवसाय सुरु गर्ने पहिलो नेपाली मानिन्छ। यद्यपि होटल क्षेत्रमा काम गर्न अन्य नेपाली १९५० पछि नै बेलायत गएपनि उनीहरू भारतीय होटलमा काम गर्थे वा भारतको आधारबाट बेलायत प्रवेश गर्थे। 

सन् १९९० आसपास बेलायतमा नेपालीले सुरु गरेको व्यवसायको विज्ञापन

दशौं अंकमा बेलायती महारानी एलिजावेथको सन् १९८६को नेपाल भ्रमणको विषयले प्राथमिकता पाएको छ। महारानीले भक्तपुर दरबार क्षेत्र तथा काठमाडौं उपत्यकाको भ्रमण गरेको तस्वीर जर्नलको सुरुमै प्रकाशित छ।

प्रिन्स फिलिपले चितवन राष्ट्रिय निकुञ्जमा शिकार खेल्दै गरेको तस्वीर पनि यही अंकमा राखिएको छ। तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रले महारानी र प्रिन्स फिलिपलाई निकुञ्जको भ्रमण गराएर ‘टाइगर टप्स’ रिसोर्टमा आतित्थता प्रदान गरेका थिए। 

उनै ज्ञानेन्द्र शाहलाई केही समय नेपाल–ब्रिटेन सोसाइटीको संरक्षक पनि बनाइएको थियो। 

सन् १९८६ मा महारानी एलिजावेथ तथा प्रिन्स फिलिप नेपाल भ्रमणमका क्रममा

चौधौं अंक (सन् १९९०) मा बुढानिलकण्ठ स्कुल स्थापना र त्यसपछि बेलायतले गरेको कामको चर्चा गर्दै जोन टाइसनले लेख लेखेका छन्।

पन्ध्रौं अंक (सन् १९९१) मा नेपालमा प्रयोगवादी जटिल कविताका प्रसिद्ध कवि मोहन कोइरालाको कविता अनुवादसहित डा. माइकल हटले ‘नेपाली साहित्य : एक परिचय’ शीर्षकमा नेपाली आधुनिक साहित्यमाथि लेख लेखेका छन्। स्मरणीय छ, हालै मात्र माइकल हटले बुद्धिसागरको उपन्यास ‘कर्णाली ब्लुज’को अंग्रेजी अनुवाद गरेका छन्। उक्त उपन्यास पेन्गुइन बुक्सबाट प्रकाशित छ। 

प्रसिद्ध कवि मोहन कोइरालासँग अनुवादक माइकल हट

बीसौं अंकमा मायुरा ब्राउनले तत्कालीन प्रधानमन्त्री तथा नेपालका राजाको प्रतिनिधिको हैसियतमा बलायत भ्रमण गरेका जंगबहादुर बेलायत आउँदा लण्डन रिचमण्डमा बसेको घरबारे लेख लेखेकी छन्। बेलायत आउँदा जंगबहादुरको ठूलो टोलीलाई राख्न विशाल दरबारलाई नै पाहुनाघर (होटलसरह) बनाइएको थियो। यद्यपि उक्त टोलीले अधिकांश खानेकुरा आफैं बनाएर खान्थ्यो। 

सन् २०१५ मा प्रकाशित अंक उनान्चालिसमा ०७२को विनाशकारी भूकम्प तथा गोर्खा सैनिकले बेलायतको सेवा गरेको दुईसय वर्ष (सन् १८१५–२०१५) पुगेको अवसरमाथि केन्द्रित छ। गेरी ब्रिचले धरहरामाथि लेख लेखेका छन् भने अन्य लेखहरू पनि भूकम्पमाथि छन्। 

जर्नलको सन् २००० पछिका अंकमा छोटा–छोटा आकारका पुस्तक समीक्षा पनि प्रकाशित हुन थालेको पाइन्छ। त्यसअघि पुस्तक समीक्षा प्रकाशित भएको पाइँदैन। यस्तै ‘नेपाल ब्रिटेन सोसाइटी’, ‘यति यसोसियन’, ‘गोर्खा वेलफेयर ट्रस्ट’, ‘महेन्द्र प्रकृति संरक्षण कोष युके’ आदि संस्थाले गरेका गतिविधि तथा कार्यक्रमबारे पनि पछिल्ला अंकमा बढी चर्चा गरिएको पाइन्छ। 

नेपाली राजदूत यो सोसाइटीको स्वतः उपाध्यक्ष रहने प्रावधान रहँदै आएकाले राजदुतावासमा हुने कार्यक्रमको पनि चर्चा जर्नलमा पाइन्छ। अधिकांश लेख शोधमुलकभन्दा पनि निबन्ध शैलीमा लेखिएकाले यो जर्नलले म्यागेजिनको झल्को दिन्छ।

०००

स्मरणीय के छ भने, पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्र तथा गणतन्त्र नेपालसम्म आइपुग्दा ‘नेपाल ब्रिटेन सोसाइटी’को जर्नलमा पनि धेरै परिवर्तन देख्न सकिन्छ। पञ्चायतकालमा राजा तथा राजपरिवारको भ्रमणले मात्र प्राथमिता पाएको देखिन्छ भने बहुदलीय व्यवस्थामा प्रधानमन्त्रीको भ्रमण पनि चर्चामा छ। 

गणतन्त्रपछि नेपाली सरकार प्रमुख वा उच्चपदस्थ नेताहरूको भ्रमणलाई विशेष महत्त्व दिइएको पाइन्छ। गोर्खा फौजमा बहादुरी देखाउनेको जीवनी तथा उनीहरूमाथि लेखिएको लेखले सुरुदेखि नै प्राथमिकता पाएको देखिन्छ। हिमाल आरोहणमा सफलता प्राप्त गरेका आरोही वा आरोहण टोलीबारे धेरै चर्चा गरिएको छ।

सोसाइटीको सुरुवाती दिनमा संरक्षकका रुपमा तत्कालीन युवराज ज्ञानेन्द्र शाहलाई रहेको चर्चा माथि पनि गरिसकेको छु। ज्ञानेन्द्रले निर्मल निवास महाराजगञ्जबाट सोसाइटीलाई पठाएको पत्र तथा विभिन्न अवसरमा दिएका शुभकामना सन्देशसमेत जर्नलको अंक २२ मा  प्रकाशित छ। 

तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले आफ्नो निजी निवासबाट पठाएको पत्र

पछि ‘ड्युक अफ ग्लस्टर’ प्रिन्स रिचार्ड संस्थाका अध्यक्ष भए। यसबाहेक गोर्खा फौजसँग सम्बन्धित अधिकृतदेखि बेलायतका उच्चपदस्थ व्यक्तिहरू नै बढी समय संस्थाको मुख्य जिम्मेवारीमा रहेको पाइन्छ। जर्नलको सम्पादन धेरै समय लेफ्टिनेन्ट कोलोेनेल जिडी ब्रिचले गरेका थिए। नेपालीहरू संस्थाको संरक्षक एवम् उपाध्यक्ष तथा कार्यसमिति सदस्यमा बढी रहेको पाइन्छ।

यद्यपि यस जर्नल नेपालको पहाड, हिमाल, पर्वतारोहण, पदयात्रा, वनस्पति, वन्यजन्तुमा नै बढी केन्द्रित छ। नेपाललाई हिमालय क्षेत्रको मुख्य प्राकृतिक स्रोतको रुपमा औंल्याउँदै यस जर्नलले नेपाललाई हिमालय सम्पदाको रुपमा सिद्ध गरेको छ। यस्तै नेपाली वास्तुकला, मूर्तिकला र जीवित सांस्कृतिक सम्पदाको मुक्तकण्ठले प्रशंसा गरेको छ।

यस जर्नलका अंकहरू विद्यार्थीदेखि पर्वतारोहणमा रुचि राख्ने तथा इतिहास एवम् समाजशास्त्रमा रुचि राख्नेहरूका लागि निकै पठनीय देखिन्छ। नेपाल–बेलायत सम्बन्धबारे खोज गर्न चाहनेका लागि विशेष सामग्री बन्न सक्छ भने बेलायतमा केही नयाँ काम गर्न खोज्ने नेपालीलाई पनि विगतमा भइसकेका कामसँग आफ्नो काम दाँजेर अगाडि बढ्न सहायक हुने देखिन्छ।

अहिले क्याम्ब्रिज विश्वविद्यालयको ‘डिजिटल हिमालय’ नामक प्रोजेक्ट अन्तर्गतको वेभसाइटमा यस जर्नलको सबै अंक पिडिएफ भर्सनमा पढ्न सकिने गरी राखिएको छ। 

सँगै नेपाल ब्रिटेन सोसाइटीको वेभसाइट र नेपाली दुतावासमा पनि यो जर्नल  छ। यद्यपि, यसमा भएका महत्त्वपूर्ण लेखहरू अनुवाद गरी अनलाइनमार्फत् सजिलै पढ्ने सुविधा सिर्जना गर्न सकियो भने सबै वर्गका लावान्भित हुन सक्नेछन्। 

(सबै तस्वीर तथा स्रोत : डिजिटल हिमालय र नेपाल–ब्रिटेन सोसाइटीको वेभसाइटबाट)

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्भीकजंग रायमाझी
लेखकबाट थप
पुस्तक समीक्षा : चिसो बाफ कि तातो बाफ!
नेपाल–बेलायत चिनाउने ऐतिहासिक जर्नल, जसको सुरुवाती संरक्षक थिए ज्ञानेन्द्र शाह
बेलायत बसेर व्यंग्य लेख्छन् भैरव अर्यालका भान्जा
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्