• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बेलायत बसेर व्यंग्य लेख्छन् भैरव अर्यालका भान्जा

64x64
निर्भीकजंग रायमाझी शनिबार, साउन ६, २०८०  ०६:११
1140x725
प्रवास–प्रतिभा

बेलायत– म्याराथन दौडमा रुचि राख्ने उमेश रेग्मीले युरोपका सहरमा हुने अधिकांश म्याराथनमा भाग लिइसकेका छन्। उनी आफ्नो रूचि पूरा गर्न ५२ वर्षको उमेरमा पनि दौडिरहेका हुन्थे। 

दुर्भाग्यवश सन् २०२२ को अन्त्यतिर उनको दौडिने रहरमा पूर्णविराम लाग्यो। दुर्घटनाबाट उमेशको एउटा खुट्टा भाँचियो। दौडमा दिलचस्पी उमेशलाई खुट्टामै चोट लाग्नु पीडादायी थियो। सुरुका केही दिन निराश देखिए। अरु बेलामा फुर्सद पाउनासाथ व्यंग्य लेख्थे उनी। दुर्घटनापश्चात् लाग्यो, ‘म जिन्दगीलाई व्यंग्य गर्थे। यसपटक जिन्दगीले मलाई व्यंग्य गर्‍यो!’

चोटपछि उमेशको व्यंग्य लेखनले अझ गति लियो। यही बीचमा उनले आफूलाई मन परेका पुस्तकहरूको पुनर्पठन गरे। आफूलाई अझै सिर्जनशील बनाउन प्रयत्न गरे।

०००

लण्डन इस्टह्याम निवासी उमेश रेग्मीको व्यंग्य लेखन पृष्ठभूमि रोचक र ऐतिहासिक छ। ‘व्यंग्य–महारथी’ भैरव अर्याल उनका आफ्नै मामा हुन्। यसैले उनको बाल्यकालको अघिकांश समय मामाघरमा नै बित्यो। भैरवका छोरा दीपक अर्याल र उमेश दाजुभाइ मात्र नभई दौंतरीसरह थिए। यही कारण भैरव अर्यालको जीवनलाई नजिकबाट देख्नेमा उमेश पनि एक पर्छन्। 

‘उहाँको अरू पक्ष देख्न नपाए पनि हामी केटाकेटीलाई गर्ने माया सिर्जनशीलता प्रत्यक्ष देख्न पाएँ। जुन कुराले मलाई जीवनभरि प्रेरणा दिइरहेको छ’, उमेश भावुक हुँदै पुराना दिन सम्झिन्छन्।

मामाघर गएका बेला उमेशले भैरव अर्यालका पुस्तक, किताब र पत्रपत्रिका देखेका थिए। बाल्यकालमा ती कुराले त्यति प्रभाव नपारे पनि २०४१ सालमा एसएलसी दिएपछि उनलाई साहित्यले आकर्षित गर्यो। असली लेखन कस्तो हुन्छ उनले त्यहीबेला बुझ्न पाए।

Ncell 2
Ncell 2
nimb
nimb

‘जब एसएलसी दिनेबेला मामाका व्यंग्य रचना पढ्नुपर्ने भयो तब मलाई उहाँको लेखनबारे अझै उत्सुकता बढ्यो,’ उनी भन्छन्, ‘यसपछि मामाका प्रकाशित तथा अप्रकाशित रचना पढेँ।’

यता उमेशका बुबा केदारनाथ रेग्मीको भने पेन्टिङ र हस्तकला सिर्जनामा रुचि थियो। उनका बुबाले काठ, फलाम, धातु एवम् वरिपरीका सामानबाट कला सिर्जना गर्थे। उमेशले त्यो कुराको महत्त्व थाहा पाए। उनले बुबाको कामलाई केही व्यावसायिक बनाउन प्रयत्न गरे। यही क्रममा त्रिपुरेश्वरको ब्लुस्टार होटलमा बुबाको कला प्रदर्शनी गरे। उक्त प्रदर्शनी तत्कालीन राजा वीरेन्द्रले अवलोकन गरेका थिए।

उनलाई राजा वीरेन्द्रले प्रदर्शनी अवलोकन गरेको हिजैजस्तो लाग्छ। त्यसपछि बुबाको चित्र तथा हस्तकला नेपालका अधिकांश संघ–संस्थाहरूले सजावटका लागि खरिद गरे। त्यसले त्यतिबेला घरखर्च धान्न मद्दत गरेको उमेश सम्झिन्छन्।

Xtrem

Xtrem

उमेश पनि बुबाको सिको गर्दै चित्र बनाउँथे। पेन्सिल आर्टदेखि क्यानभाससम्म उनको दखल बढ्दै थियो। यता पढाइ पनि चलिरहेको थियो। तर उनको पढाइ, काम र सिर्जनात्मक जीवनको तालमेल भने कहिले मिलेन। त्रिभुवन विश्वविद्यलायबाट तथ्यांकशास्त्रमा एमए गरे पनि उनले तथ्यांकको काम गरेनन्। पछि कम्प्युटर साइन्सको क्षेत्रमा काम गरे।

त्यहीक्रममा उमेश उच्च शिक्षा अध्ययनको लागि सन् २००० मा बेलायत आए। बेलायत आएपछि कहिले फाइनान्स त कहिले व्यवस्थापनको काम गरे। कहिले व्यवसायी बने। एउटै क्षेत्रको काम लामो समय कहिले गरेनन् उनले।

आफ्नो जीवनलाई समीक्षा गर्दै उमेश भन्छन्, ‘किराना पसलजस्तो धेरै थोकमा छरिएँ। त्यसलाई पनि मैले अन्यथा नसोची अनुभवको आधारमा स्वीकार गरेको छु।’

धेरैतिर छरिँदा उमेशको परिचय पनि धेरैतिर भयो। कहिले कलाकार, कहिले व्यवसायी, कहिले प्राविधिक। जीवनका तिनै तीता–मीठा अनुभवलाई उनले असली सम्पत्तिको रुपमा लिएका छन्। ती सबै कुरालाई घोलेर अहिले व्यंग्य लेखिरहेका छन्। कविता पनि लेख्छन्। उनी आफूले लेखेको व्यंग्य लेखहरूलाई पुस्तकको रुपमा सार्वजनिक गर्ने तयारी गर्दैछन्। उनीसँग अहिले करिब पाँच दर्जन व्यंग्य लेख तयार छन्।

पछिल्लो समय उनले लेखेका ‘सुकेको मेरो भुँडी’, ‘लहैलहै रोगले गाँजेकाहरू’, ‘टाउको भर्सेस भकुण्डो’ लगायत ‘भैरव अर्यालसँग जम्काभेट’जस्ता व्यंग्यलेख पाठकले रुचाएका छन्। पछिल्ला वर्षहरूमा उनले नियमित व्यंग्य लेखिरहेका छन्। प्रवासमा बस्ने नेपालीहरूले समेत व्यंग्य मन पराएर प्रतिक्रिया दिने गरेको उनी सुनाउँछन्। व्यंग्य लेखनले आफूलाई पनि आलोचनात्मक चेतले हेर्न सिकाउने हुनाले लेखनले मानसिक स्फूर्ति दिने उनको अनुभव छ।

नेपालमा विद्यार्थी छँदा नै उमेशले लेखन र कला सिर्जनालाई आफ्नो कर्मथलो बनाउनेबारे नसोचेका होइन। तर वरिपरीको वातावरणले उनलाई नराम्ररी झस्कायो। ‘भैरव अर्यालले लेख्दालेख्दै हामफाल्नुपर्यो। गोरखापत्रको सम्पादक, त्यति ठूलो लेखक तर जीवन त निकै दयनीय थियो,’ उनी भन्छन्, ‘आज पनि मेरा नजिकका मानिसहरू लेखक, कलाकार छन्। उनीहरूलाई पनि जीवन निर्वाह गर्न निकै गाह्रो छ।’

०००

बेलायत बसे पनि उमेशलाई ३०को दशकको काठमाडौंले सधैं आकर्षित गर्छ। काठमाडौं सहरमा महानगरको रंग चढ्दै गरेको अवस्थाको साक्षी हुन्  उनी। त्यो समय पञ्चायतविरुद्ध आन्दोलन चल्दै थियो। कम्प्युटर, टेलिभजन, क्यासेट भित्रिँदै थियो। हिप्पीहरूले काठमाडौंमा रजगज मच्चाएर सहर छाडेका थिए। पर्यटक आवागमन बढ्दै थियो। 

यी सबै कुराले त्यतिबेलाको काठमाडौंको रंग अर्कै रहेको सम्झँदै उमेश भन्छन्, ‘रैथाने भएकाले त्यतिबेलाको काठमाडौंले मलाई सधैं आकषित गर्छ। सहरको त्यो सौन्दर्य र कलालाई बचाउन सकेको भए आज काठमाडौं अर्कै हुन्थ्यो।’

काठमाडौं कालधारामा जन्मिएका उमेश पुस्तौंपुस्ता त्यही क्षेत्रमा जजमानी गर्ने ब्राह्मण परिवारका थिए। रेग्मीहरू राणाजी तथा अन्य उच्चपदस्थ कर्मचारीको ब्राह्मणको रुपमा काम गर्ने भएकाले समाजमा उनीहरूको छुट्टै विरासत थियो। आज ती सबै कुरा कथाजस्ता भइसकेका छन्। किनकि उमेशको पुस्ता नै कालधारामा बस्ने अन्तिम पुस्ता बन्यो। 

अहिले त्यो क्षेत्रमा मिश्रित बसोबास छ। काठमाडौंका पुराना टोलको नाम नै लोप भइसकेका छन्। कालधारा क्षेत्र पनि ठमेल नै भनेर चिनिन थालिसकेको छ।

यद्यपि आफू युरोप वा अमेरिका बसेको भन्दैमा काठमाडौं र नेपाल ‘यस्तो भए हुन्थ्यो’ भन्ने कुरा उनलाई मन पर्दैन। मात्र यति हो कि, युरोपका पुराना सहरभन्दा काठमाडौं विशेष छ। त्यसलाई बचाउन नसकेकोमा मात्र उनको गुनासो छ। काठमाडौं बिग्रनुलाई राजनीतिको मात्र नभई काठमाडौंबासी र स्वयं आफ्नो पुस्तालाई पनि उनी जिम्मेवार ठान्छन्।

यसैले गाउँ, सहर, देश र विश्व परिवेश नै बिग्रेको कुरालाई उमेश घरि व्यंग्यबाट त घरि कविताबाट यसरी सम्बोधन गरिरहेका हुन्छन्:

राजनीतिको हल्ला चल्यो
आज फेरि बजारमा
पार्टी खोलौँ भन्छ साथी
दुई पेग ला’को शुरमा!

नदी बेचौँ, झरना बेचौँ
बेचौँ जेजे छ देशमा
भुँडी भरौँ, मनलाग्दी गरौँ
उत्तर–दक्षिणको आदेशमा !

जय जयकार गुन्जिन्छ चारैतिर
जिन्दावादको नारामा
राजनीति गरौँ भन्छ साथी
दुई पेग ला’को शुरमा!

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०६:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्भीकजंग रायमाझी
लेखकबाट थप
पुस्तक समीक्षा : चिसो बाफ कि तातो बाफ!
नेपाल–बेलायत चिनाउने ऐतिहासिक जर्नल, जसको सुरुवाती संरक्षक थिए ज्ञानेन्द्र शाह
बेलायत बसेर व्यंग्य लेख्छन् भैरव अर्यालका भान्जा
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्