• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दिगो विकास लक्ष्यमा योगदान पुर्‍याउनेहरूलाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २२, २०८०  २०:११
1140x725

काठमाडौं- यस पटकको स्वास्थ्यखबर हेल्थ अवार्ड दिगो विकास लक्ष्यमा योगदान पुर्‍याउनेहरुलाई प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यका १० वटा विधामा १३ जनालाई अवार्ड प्रदान गरेका हुन्।

स्वास्थ्य खबरपत्रिकाले स्वास्थ्य मन्त्रालयको साझेदारीमा हरेक वर्ष हेल्थ अवार्ड प्रदान गर्दै आएको छ। यस वर्षको अवार्ड दिगो विकासका लक्ष्यहरुः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहेको छ।

अवार्ड पाउनेहरुमा हुम्लाकी नर्स सुस्मिता बोहरा, बर्दिया अस्पतालका डा विश्वनाथ शाह, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका हेमराज जोशी, आनन्दवन अस्पताल ललितपुरका डा महेश साह, धनसिंहपुर स्वास्थ्य चौकी टीकापुर, कैलालीका केबलसिंह सार्की, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल, नेपाल प्रहरी अन्तर्गतको आसरा सुधार केन्द्र, स्वर्गद्वारी नगरपालिका, भलुवाई स्वास्थ्य चौकी सिरहाकी अनमी जुही खातुन, जर्मनीका डा आर्ने ड्र्युज, बेलायतकी डा सेर्ली हेउड, हेल्थ इन्भाएरोमेन्ट एन्ड क्लाइमेट एक्सन फाउन्डेसनका महेश नकर्मी र ताप्लेजुङकी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका शर्मिला लिङ्देन रहेका छन्।

कुन विधामा कसलाई अवार्ड
१‍. मातृमृत्यु न्यूनीकरण- सुस्मिता बोहरा

सिमकोट गाउँपालिका–७ को चौगनफयाँ स्वास्थ्य इकाईमा कार्यरत सुस्मिता बोहरा त्यहाँका सेवाग्राहीका लागि रात-दिन नभनी सक्रिय छिन् । उनको सेवाको प्रभाव उनी कार्यरत क्षेत्रमा मात्रै होइन, छिमेकी नाम्खा गाउँपालिकामा समेत फैलिएको छ । उपचार मात्रै होइन, कतिपय अवस्थामा टाढा घर भएका बिरामीको उनले खाने-बस्ने समेत प्रबन्ध गर्नुपर्छ । स्रोत-साधनको अभाव रहेको ठाउँमा बसेर आमा र बच्चाको ज्यान जोगाउन उनले अनेक उपाय लगाएकी छिन् । त्यसैले स्थानीय आमाहरुले उनलाई आफ्ना बच्चाकी ‘असली आमा’का संज्ञा दिएका छन् ।

२‍. बालमृत्यु न्यूनीकरण- डा विश्वनाथ शाह
बर्दिया जिल्ला अस्पतालमा बाल रोग विशेषज्ञका रुपमा सेवा प्रदान गरिरहेका छन्, डा विश्वानाथ शाह, जो जिल्लाकै एक मात्र बाल रोग विशेषज्ञ हुन्। बच्चालाई केही समस्या भयो कि जिल्लाबासीको दिमागमा आउने नाम भएको छ, डा विश्वनाथ। उनको नाम त्यहाँ निर्विकल्प भएर मात्रै चलेको होइन, उनले दिने सेवाबाट सन्तुष्ट भएका कारण पनि बिरामीको चाप हरेक दिन बढ्दो छ। निरन्तर निगरानीमा राखेर जोगाउनुपर्ने नवजात शिशु, ओपीडी र इमर्जेन्सीमा आइपुग्ने अवोध बालबालिकाहरुको सेवालाई उनले मनैदेखि आत्मसात गरेका छन्। 

३. सरुवा रोग विरुद्धको अभियान- हेमराज जोशी र डा महेश साह
हेमराज जोशी, जो सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीमा भेक्टर कन्ट्रोल निरीक्षकका रुपमा कार्यरत छन्। उनले आफ्नो ३३ वर्षको स्वास्थ्य सेवाकालमा २९ वर्ष उनले सुदूरपश्चिममा बसेर किटजन्य रोगको  निरोध, नियन्त्रण र निवारणमा बिताएका छन्। त्यस क्रममा उनले किटजन्य रोगका महामारीहरु समेत झेले। ती महामारी न्यूनतम क्षतिमै नियन्त्रण गर्न सफल हुनुमा उनको लगनशिलता र सक्रियताको ठूलो भूमिका छ। अहिले नेपाल किटजन्य विभिन्न रोगको निवारणको अवस्थामा पुगेको छ। यसको जस दूर-सुदूरमा रहेर आफूलाई निरन्तर समर्पित गरिरहेका जोशीहरुलाई जान्छ।

डा महेश साह- आनन्दवन अस्पतालका मेडिकल निर्देशक डा महेश साहले त्यही थलोमा तीन दशक बिताएका छन्। अर्थात् कुष्ठ रोगबाट पीडित बिरामीहरूको उपचारमा दिलोज्यान लगाएका छन्। आनन्दवनमा बितेको यति लामो समयको लेखाजोखा गर्दा धेरै समय त उनले आनन्दकै श्वास फेरेका छन्। किनभने, थुप्रै बिरामीलाई मृत्युशय्याबाट फर्काएर उनले जिन्दगीको मैदानमा उभ्याएका छन्। अस्पतालबाट निको भएर घर फर्किएका प्रत्येक बिरामीका अनुहार सम्झँदा उनलाई खुसी मिल्छ। जीवनको उपलब्धिबारे उल्लेख गर्नु पर्दा तिनै बिरामीहरूलाई सम्झन्छन्, जसले जाने बेलामा श्रद्धापूर्वक उनलाई भनेका थिए, ‘धन्यवाद डाक्टर साब।’  

४. नसर्ने रोगका कारण हुने मृत्यु न्यूनीकरण- केबलसिंह सार्की र दीपककुमार रिसाल
२०७६ सालसम्म टीकापुरस्थित धनसिंहपुर स्वास्थ्य चौकीले प्रदान सेवाप्रति आम नागरिक सन्तुष्ट थिएनन्। स्वास्थ्य चौकीको सेवालाई लिएर स्थानीयले भर्खरै निर्वाचित जनप्रतिनिधिसँग खुब गुनासो गरे। त्यही बेला कर्मचारी समायोजन क्रममा उक्त स्वास्थ्य चौकी प्रमुख बनेर आइपुगे केबलसिंह सार्की ।  त्यसपछि भने परिवर्तनका संकेतहरु देखा पर्न थाले। गएको आर्थिक वर्षमा त टीकापुर नगरपालिकाकै उत्कृष्ट संस्था घोषित  हुन सफल भयो। सुदूर तराईको यो क्षेत्रमा बदलिँदो जीवनशैलीले नसर्ने रोगको समस्या बढ्दो छ। अहिले सार्की त्यसको रोकथाममा केन्‍द्रित छन् । जुन कामको प्रभाव उनको कार्यक्षेत्रभन्दा परसम्म फैलिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

दीपककुमार रिसाल- क्यान्सर पीडितहरुका लागि स्थानीय तहको सिफारिसमा संघ सरकारले एक लाख रुपैयाँ अनुदान दिने गरेको छ। रोगको गम्भीरता र त्यसको उपचारमा लाग्ने खर्चका अघि त्यो हात्तीको मुखमा जिरा जस्तै हो। दु:ख परेकालाई सिफारिस होइन, सहयोग गर्ने मनसाय बनाएर गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले थप ५० हजार सहयोग गर्ने निर्णय पहिलो कार्यपालिकाको बैठकबाट गराए। पाइपाइ संकलन गरेर ज्यान बचाउन दौडधुप गरिरहेका बिरामीलाई यसले राहत दिलायो। यस्ता दीर्घरोगका लागि दीर्घकालीन रुपमै केही गर्ने  हुटहुटीका कारण क्यान्सरको समुदायस्तरमा परीक्षणको अभियान  चलाए। शंकास्पदको पुन: परीक्षण नगरपालिकाबाटै गराए। नगर अस्पतालको विकासमा प्राथमिकता दिइएको छ भने ७० वर्षमाथिका बिरामीको ७० प्रतिशत उपचार खर्च नगरले व्यहोर्ने नीति लिइएको छ। पालिका अस्पतालमा स्वास्थ्य बीमाले भुक्तानी नदिँदा नगरले भरथेग गर्ने प्रणाली बसाइएको छ।

५. लागुपदार्थ प्रयोगको रोगथाम र उपचार- आसरा सुधार केन्द्र
गाँजा खाएर लठ्ठिएका युवा हुन् वा मदिरा सेवनले थर्थर काम व्यक्ति वा विभिन्न सिरिन्ज, ट्याबलेट होस् वा एम्पुलहरु। ह्वाइट, ब्राउन सुगर होस् हो अन्य कुनै प्रकारका ड्रग्स। यस्ता विभिन्न प्रकारका लागुऔषधको दुर्व्यसनमा फसेका व्यक्तिको पुनर्जीवनको आस बनेको छ- आसरा सुधार केन्द्र। करिब ३ दशक लामो यात्रामा केन्द्रले ५ हजार ९०३ जनालाई पुनर्जीवन  दिएको छ। दुर्व्यसनले घरपरिवार नै डामाडोल भएकाहरु आसरा सुधार केन्द्रमा भर्नापछि अहिले समाजका ‘रोलमोडल’ बनेर दुर्व्यसन विरुद्ध जनचेतना जगाउँदै हिँडेका छन्।  

६. सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेको संख्या न्यूनीकरण- स्वर्गद्वारी नगरपालिका
प्युठानको भिंगृ-स्वर्गद्वारी सडकखण्ड दुर्घटनाका लागि दुर्नाम छ। हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र रहेको स्वर्गद्वारी दर्शन गर्न आउने-जाने क्रममा यसअघि पनि धेरै सवारी दुर्घटना भइसकेका छन्। जसका कारण कतिको ज्यान गएको छ भने कयौं घाइते भएका छन्। जनस्वास्थ्यका दृष्टिले अत्यन्त हानिकारक बन्दै गइरहेको थियो त्यो मार्ग। उक्त मार्गमा सवारी दुर्घटना न्यूनीकरणको सही मार्ग पहिचान जरुरी थियो। स्वर्गद्वारी नगरपालिकाको पहलमा अहिले केही उपायहरु पहिल्याएर लागू गरिएको छ, जसले दुर्घटना न्यूनीकरण गराउँदै लगेको छ।

७. यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच विस्तार- जुही खातुन
कुनै समय थियो- मुस्लिम समुदायले नर्सिङ पेसालाई सकारात्मक रुपमा लिँदैनथ्यो। तर त्यही समुदायमा हुर्के-बढेकी जुही खातुनले नर्सिङ नै रोजिन्। सुरुमा उनलाई सजिलो भएन तर अहिले जुही त्यही समुदायमा आदर्श बनेकी छिन्। समाजले स्वास्थ्य क्षेत्र बुझेको छ र उनले गर्ने कामको महत्व महसुस गरेको छ। अहिले हुर्किंदै गरेका त्यही समुदायका किशोरी माझ उनलाई उदाहरणका रुपमा प्रस्तुत गरिन्छ। सामान्यतया नर्सलाई  'सिस्टर'  भन्ने प्रचलन छ तर उनको सेवालाई सम्मान गर्दै स्थानीयहरु श्रद्धाले उनलाई 'दिदी' भनेर बोलाउँछन्।  

Xtrem

Xtrem

८. स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच- डा आर्ने ड्र्युज र डा सेर्ली हेउड
तपाईं यस्तो व्यक्तिको कल्पना गर्नुहोस्, जो यो माटोको मूल बासिन्दा होइनन् तर यो देशको चिन्ता भने तपार्इंको जत्तिकै गर्छन्। जो आफ्नो व्यस्त समय तालिकाबाट केही समय निकालेर नेपालका बारेमा पुस्तकहरू लेख्छन् र यहाँको कथाहरु सांसरभरिकालाई पढाउँछन्। साथै, उक्त पुस्तकहरुको बिक्रिबाट आएको रकम नेपालकै स्वास्थ्य सेवाको पूर्वाधार सुधारका लागि खर्चिन्छन्। ती व्यक्ति हुन्, जर्मन नागरिक डा आर्ने ड्र्युज । छाती रोग (पल्मोनोलोजिस्ट) विशेषज्ञ डा आर्नेको नेपालसँगको सम्बन्ध भने ३१ वर्षअघिदेखि निरन्तर रहिआएको छ। नेपालमा पहिलो पटक पाइला राखेदेखि नै उनले नेपालको जनस्वास्थ्य क्षेत्रमा निरन्तर योगदान दिइरहेका छन् । 

डा सेर्ली हेउड- सात समुन्द्रपारि बेलायतबाट नेपाल आएकी डा सेर्ली हेउडको मन र दिमागमा स्वास्थ्य सेवा अभावमा कर्णालीका महिलाहरुले भोग्नु परेको बेदनाले गाँजिएका दृश्यहरु झुल्किरहन्छन्। जब कर्णालीमा पहिलो पटक पाहिला टेकिन्, ती दृश्यले उनको मन बेस्कन गाँठो परेको थियो। आफूलाई लागेको रोगको उपचार सम्भव छैन भन्ने सत्य बोकेर बसेका महिलाहरुको भाग्य देखेर उनी पीडाको आहालमा डुब्थिन्। यो पीडाको आहाल सफा गर्न कम्मर कसेर उत्रिइन्। उनले त्यो क्षेत्रमा पुर्‍याएको योगदान र आफ्नो उपचारप्रति महिलाहरु यति कृतज्ञ छन् कि उनलाई माया र सम्मानले 'आमा' भनेर बोलाउँछन्। २० वर्षदेखि नेपाललाई नै आफ्नो थातथलो मानेर बसेकी स्त्री रोग विशेषज्ञ डा सेर्ली आफैं पनि नेपाललाई आफ्नो पहिलो घर भन्न रुचाउँछिन्।

९. हानिकारक रासायनिक पदार्थ र प्रदूषणबाट हुने मृत्यु न्यूनीकरण- महेश नकर्मी
अस्पतालबाट निस्किने फोहर व्यवस्थापन विश्वकै टाउको दुखाइ हो। जोखिमयुक्त फोहर निस्किने भएकाले त्यसको व्यवस्थापनका लागि अस्पतालको ठूलो स्रोत-साधन खर्च हुने गरेको छ। तर नेपालका १८ ठूला अस्पताल र ५० भन्दा बढी साना अस्पतालले अहिले फोहर व्यवस्थापनमा खर्च होइन,  आम्दानी गरिरहेका छन्। त्यसको श्रेय जान्छ- हेल्थ इन्भाइरोमेन्ट एन्ड क्लाइमेट एक्सन फाउन्डेसन (हेकाफ)लाई, जसको अवधारणासहित नेतृत्व गरिरहेका छन् महेश नकर्मीले।  नेपालबाट सुरु भएको यो प्रणाली नकर्मीकै नेतृत्वमा बङ्गलादेश, श्रीलंका र लाओसलगायतमा फैलिएको छ। 

१०. सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका- शर्मिला लिङ्देन
नेपालको पूर्वीछेउ ताप्लेजुङको उत्तर सिदिङ्वा गाउँपालिकाको उत्तरमै रहेको आँखोपमा स्वास्थ्य स्वयंसेविकाका रुपमा कार्यरत छिन् शर्मिला लिङ्देन। उनलाई देखे-भेटेकाहरु महसुस गर्छन्- शर्मिला नाम जस्ती शर्मिली छैनन्। जम्मा ८ कक्षासम्म पढ्न पाएकी उनी आफूलाई लागेका कुरा निर्धक्क राख्छिन्। उनको खुला स्वभावले अशिक्षाका कारण खुल्न नसकेको गाउँसमाज स्वास्थ्य विषयमा खुल्दै गएको छ। व्यक्तिगत स्वास्थ्य, परिवार नियोजन र यौन स्वास्थ्यसँग जोडिएका विषय, बच्चाको योजना, गर्भावस्था र प्रसूतिबारे जिज्ञासा राख्न थालेको छ। 

यसैगरी दिगो विकास लक्ष्यमा योगदान गर्नेहरुलाई विशेष सम्मान पनि प्रदान गरिएको छ। विशेष सम्मान पाउनेहरुमा ब्रिटिस राजदूतावास, यूएसएआईडी नेपाल र विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय रहेका छन्।

यसका साथै नेपाल रेडक्रस सोसाइटी, चुजी फाउन्डेसन, इलाम नगरपालिकाका मेयर केदार थापा, वालिङ नगरपालिकाका मेयर कृष्ण खाँण, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, त्रिपुरासुन्दरी नगरपालिकाका मेयर भक्तध्वज बोहरा र गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायालाई सम्मानपत्र प्रदान गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
एआइजी बंशीराज दाहाल बर्खास्त गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको जानकारी दिएको हो। शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले नेम्वाङ र राईलाई पक्राउ गर्न पुर्जी जारी गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध... शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा शुक्रबार जोशी र पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको ह... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्