• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राप्रपाको हातमा पुग्छ कि विघटन हुन्छ कोशी प्रदेश सभा?

64x64
नेपाल लाइभ बिहीबार, भदौ २१, २०८०  २०:१४
1140x725

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा सर्वोच्च अदालतबाट दोस्रो पटक पद गुमाउने मुख्यमन्त्री भएका छन्। यसअघि सर्वोच्चले साउन ११ गते उनको दाबी नै गैर संवैधानिक भएको भन्दै बदर गरेको थियो। यसपटक विश्वासको मत नपाएको देखिएको भन्दै सर्वोच्चले पदमुक्त गरिदिएको छ। योसँगै सत्ता गठबन्धनले कोशी प्रदेशमा सरकार गुमाएको छ।

६ वटै प्रदेशमा सरकारको नेतृत्व गरिरहेको सत्ता गठबन्धनको हातबाट कोशी प्रदेश तत्कालका लागि एमालेको पोल्टामा परेको छ। पहिलोपटक सत्ता गठबन्धनले सरकार गठन प्रक्रियामा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई प्रयोग गरेपछि सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको थियो।

त्यससँगै नेपाली कांग्रेसका उद्धव थापा नेतृत्वको गठबन्धन सरकार ढलेको थियो। दोस्रो पटक विश्वासको मत लिँदा सत्ता गठवन्धनले जेष्ठ सदस्यको रुपमा प्रदेश सभा सञ्चालन गरिरहेका इस्राइल मन्सुरीलाई सच्चाउने समयमा मत हाल्न लगाएपछि मुख्यमन्त्री गुमाएको हो। अंकगणितिय रुपमा सत्ता गठबन्धनसँग ४७ मत भएपछि विश्वासको मत लिँदाको प्रक्रियामा १ मत विवादास्पद भएको थियो।

सुरुमा एक मत नपुगेका कारण एमाले सरकार ढलेको थियो। एमालेका तर्फबाट हिक्मत कार्की मुख्यमन्त्री थिए। उक्त मन्त्रिपरिषद्‌मा माओवादी केन्द्र र जसपा सहभागी थियो। तर केन्द्रमा नयाँ गठबन्धन बनेपछि जसपाले सरकारलाई दिएको सर्मथन फिर्ता लिँदै आफ्नो मन्त्रीलाईसमेत राजीनामा गराएको थियो। जसपासँगै माओवादी केन्द्रले पनि सर्मथन फिर्ता लिएपछि कार्कीले विश्वासको मत लिएका थिए तर उनलाई एक मत कमी हुँदा सरकार गुमाए।

उनी जस्तै एक मतकै कारण कांग्रेस नेतृत्वको गठबन्धन सरकार पनि दुई पटक ‘बर्खास्ती’मै परेको छ। एक मतको गोलचक्करमा फसिरहेको कोशी सरकारका लागि नेपाली कांग्रेसले सभामुखकबाहेक बहुमत हस्ताक्षर जुटाउने प्रयास गरे पनि सफल नभएपछि सुरुमा सभामुखबाट राजीनामा गराएर अर्थमन्त्री बनाएको थियो। तर, एमालेले पनि उपसभामुखलाई अनुपस्थित गराउनेदेखि जेष्ठ सदस्य सांसदहरुलाई बिदामा राख्नेसम्म खेल खेल्यो। जसले गर्दा सत्ता गठबन्धन अप्ठ्यारोमा पर्‍यो। 

प्रदेश सभा बोलाएर एमालेकी उपसभामुख सृजना दनुवार काठमाडौं उपचारमा हिँडेपछि सत्ता गठबन्धनले जुनसुकै अवस्था पनि विश्वासको मत पुर्‍याउने भन्दै सभा सञ्चालन गरिरहेका नेपाली कांग्रेसका सांसद इस्राइल मन्सुरीलाई मत दिन लगायो। यसरी खेल खेल्नुमा एमालेको एउटै रणनीति थियो संविधानको धारा १६८को उपधारा ३ मा पुर्‍याउने। यो खेलमा एमाले तत्कालीन समयका लागि सफल देखिएको छ। सर्वोच्चले नै बोलेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले ४८ घन्टाभित्र थापालाई मुख्यमन्त्रीको शपथ खुवाउनुपर्ने भएको छ।

यो सँगै अब ४७ सांसद पुर्‍याउने कुर्सीको दौडको खेलमा एमाले लाग्नुपर्ने भएको छ। अब ३५ दिनभित्र प्रदेश सभामा विश्वासको मत पुर्‍याउन नसके कार्की पनि पदमुक्त हुनेछन्। कोशी प्रदेशमा नेपाली कांग्रेसले यसअघि कांग्रेस २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४ र जसपा १ गरी ४७ पुर्‍याएको थियो। जम्मा ९३ सदस्यीय प्रदेश सभामा नेकपा एमाले ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी ६ गरी ४६ सांसद छन्। उक्त संख्यामा पनि एक कमी हुने छ। यसअघि उपसभामुखले मत दिन पाएकी थिइन् भने अब उनले सभा सञ्चालन गर्नुपर्ने भएकाले थप दुई सांसदको जोहो गर्नुपर्ने छ।

सत्ता गठबन्धनको असफल प्रयास : सभामुखको राजीनामा
सभामुख सरकार गठन प्रक्रियामा सहभागी हुन नपाउने सर्वोच्च अदालतको फैसलापछि सत्ता पक्षले ४७ बनाउनका लागि राजीनामा गराएर अर्थमन्त्री बनाएको थियो। नेपाली कांग्रेसका कोशी प्रदेश सभापतिसमेत रहेका उद्धव थापाले आफ्नो नेतृत्वमा सरकार बनाउन राप्रपालाई साथमा ल्याउने प्रयास गरेका थिए। उनले केन्द्र सरकारसँग पनि सहयोग मागेका थिए। तर कुनै समय नेपाली कांग्रेसमै रहेर पेलानमा परेपछि राप्रपा पुगेका भक्ति सिटौलााले कुनै पनि अवस्थामा सहयोग नगर्ने अडान राखेपछि उक्त योजना सफल भएन।

nimb
nimb
Ncell 2
Ncell 2

संघमा पनि प्रतिपक्षमा बसेको राप्रपाले कोशी प्रदेशमा कांग्रेसलाई समर्थन नगर्ने निर्णय नै गर्‍यो। नेपाली कांग्रेसबाटै राजनीति गरेर त्यहाँ अवसर नपाएपछि राप्रपामा पुगेका सिटौला कोशी प्रदेश सभामा एमालेकै कित्तामा अडिक भएर उभिए। अब यो अडानले पुन: सरकारमा जाने अवसर राप्रपालाई भएको छ भने एमालेलाई दुई सांसदको जोहो गर्नुपर्ने भएको छ। यस्तो अवस्थामा सहजै रुपमा एमालेले पनि विश्वासको मत पाउने देखिँदैन्। 

अल्पमतको सरकार बनाउँदै एमाले, उपधारा ५ मा राप्रपा!
नेपाली कांग्रेसले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार बनाएको थियो। सर्वोच्चको बिहीबारको फैसलापछि एमाले उपधारा ३ अनुसार सरकार बनाउने छ। वर्तमान अवस्थामा कसैको बहुमत नपुग्ने र उपधारा २ को प्रक्रिया पूरा भएकाले अर्को उपधारा ३ अनुसार सरकार बन्ने सर्वोच्चको फैसलाले एमाले सभाको ठूलो दलको हैसियतमा सरकार बनाउने अवस्थामा पुगेको हो।

सत्ता गठबन्धनमा रहेको कुनै माओवादी र नेपाली कांग्रेस मध्ये एकदल सँग एमाले मिल्नुपर्ने देखिन्छ। जसपाको प्रदेश सभामा एक सिट मात्र भएकाले उसलाई जोड्दा पनि पुग्ने देखिँदैन। कि त त्यसअघि सभामुखको निर्वाचन हुनुपर्ने छ।

एमालेले विश्वासको मत पाउन नसकेमा भने एक महिनामा फेरि अर्को सरकार गठन प्रक्रिया सुरु हुनेछ। जुन उपधारा ५ अन्तर्गतको हो। उक्त धारामा प्रदेश सभामा रहेका कुनै पनि सदस्यले बहुमत सांसद जुटाएर सरकार बनाउने सक्ने प्रावधान छ। त्यस्तो परिस्थितिमा राप्रपा अघि बढ्न सक्ने देखिन्छ। राप्रपाको हकमा माओवादीले सर्मथन गरेमा सरकारले विश्वासको मत पाउने छ।

एमाले र सत्ता गठबन्धनको कुनै शक्तिलाई साथमा लिएर उक्त पार्टीले सरकार बनाउने सम्भावना हुन्छ। यदि राप्रपाका सांसदलाई बहुमत प्रदेश सभा सदस्यले विश्वास नगरेको खण्डमा भने विघटनतिर जानेछ। कोशी प्रदेश सभाका लागि नयाँ निर्वाचन गर्नुपर्ने अवस्था आउनेछ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  २०:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन
सम्बन्धित सामग्री
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार खनाललाई मुख्य सचिव पदमा नियुक्त गरेको जानकारी पार्टी प्रवक्ता तथा प्रचार विभाग... आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आज काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय समितिबाहिर रहेका नेताहरूसँग मिलेर काम गर्न तयार रह... आइतबार, जेठ ३, २०८३
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको उल्लेख गरे। उन... आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
विश्वकप लिग–२:  पहिलो जितको खोजीमा नेपाली क्रिकेट टोली शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्