काठमाडौं– सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत बदर गर्ने फैसला सुनाएको छ।
न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको इजलासले यस्तो फैसला सुनाएको हो।
कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गर्दै सर्वोच्च अदालतले एमालेका हिक्मतबहादुर कार्कीले दायर गरेको रिट जारी हुने फैसला सुनाएको हो।
योसँगै मुख्यमन्त्री थापाले दोस्रोपटक मुख्यमन्त्री पद गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।