काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राध्यापक डाक्टर अञ्जनीकुमार झा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले झालाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रतविधिमन्त्री रेखा शर्माले बिहीबारको मन्त्रिपरिषद् बैठ्कले झालाई आयोगको उपाध्यक्ष नियुक्त गरेको जानकारी दिइन्।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष सिफारिसका लागि लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको थियो। उक्त समितिले झासहित ३ जनाको नाम सिफारिस गरेको थियो।
समितिले झासहित श्रीकृष्ण गिरी, प्रवीण मिश्रको नाम सिफारि गरेको थियो। झा सत्तारुढ दल नेपाली कांग्रेसनिकट नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।