काठमाडौं– नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सप्तकोशी नदीले श्रीलंका टापुमा कटान गर्दा सयौं घरहरु उच्च जोखिममा रहेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले भने, ‘ सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ को श्रीलंका टापुमा सप्तकोशी कटानबाट सयौं घरहरु प्रभावित भएका छन्। त्यहाँको जनताको जीवन कष्टकर बन्दै गईरहेको छ।’
उनले सोही नगरपालिकाको कोशीबारी, पुल्केगौडा, जब्दी, सिसौली, ठाकुरबारी, राजाबास पनि कोशी कटानको उच्च जोखिममा रहेको बताए। कोशीको कटानका कारण त्यहाँका जनताले अकल्पनीय तनाव र त्रासमा जीवन व्यतित गरिरहेको कार्कीको भनाइ छ।
सांसद कार्कीले उक्त क्षेत्रमा भइरहेको कोशी नदीको कटान नियन्त्रणका लागि दिगो र भरपर्दो व्यवस्थापन गर्न सकारको ध्यानाकर्षण गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।