• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ललिता निवास प्रकरण : मीनबहादुरको पक्षमा ‘भिआईपी वकिल’को लाइन 

64x64
नेपाल लाइभ बिहीबार, भदौ २१, २०८०  १५:५६
1140x725

काठमाडौं– ललिता निवास प्रकरणमा जिल्ला अदालत काठमाडौंमा बहस चलिरहेको छ। न्यायाधीश भोलानाथ ढकालको इजलासमा लिखत कीर्ते सम्बन्धी मुद्दामा बयानपछि बहस सुरु भएको हो। 

सुरुमा सरकारी वकिलहरुले अभियोगपत्रको बचाउ गर्दै बहस गरेका थिए भने उनीहरुपछि थुनामा रहेका प्रतिवादीहरुको तर्फवाट बहस भएको थियो। हालसम्म ५ जनाको तर्फबाट बहस भएको छ। बिहीबार अभियोगपत्रमा मुख्य अभियुक्त दाबी गरिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङको तर्फबाट बहस भएको छ।

गुरुङलाई अभियोगपत्रमा मुख्य तीन प्रतिवादीमध्ये एक भएको दाबी गरिएको छ। ललिता निवासको जग्गा कीर्तेमा शोभकान्त ढकाल, रामकुमार सुवेदी र गुरुङको मिलेमतोमा कीर्ते भएकाले उनीहरुलाई मुख्य अभियुक्तको रुपमा सजाय हुनुपर्ने माग गरिएको छ।

बयानमा क्रममा आफूले उक्त जग्गा खरिद गरेको दाबी गरेका उनले ढकाल र सुवेदीसँग मिलेर भाटभटेनी डेभलपमेन्ट कम्पनी बनाएर खरिद बिक्री गरेको कुरा भने स्वीकार गरेका छन्। अनुसन्धानका लागि पक्राउ परेपछि उनले प्रहरीमा दिएको बयान र अदालतमा दिएको बयानमा पनि यही दाबी गरेका छन्। आफ्नो उक्त कुराको बचाउका लागि गुरुङले जिल्ला अदालतमा सिनियर वकिलहरु उतारेका थिए। गुरुङको पक्षमा बहस गर्न पूर्व महान्याायधिवक्ता, पूर्व बारको अध्यक्ष, पूर्व न्याय परिषद् सदस्यसहितका कानुन व्यवसायी पुगेका थिए।

गुरुङको बचाउमा बहस गर्न नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भू थापा, पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, न्याय परिषद्का पूर्व सदस्य उपेन्द्रकेशरी न्यौपाने, पूर्व महान्यायाधीवक्ता शुसिल पन्त, वरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरे लगायत पुगेका थिए। त्यस्तै मंगलबार गुरुङ पक्षका अधिवक्ता मणि आचार्य, शम्भू पोखरेल, ललित बस्नेत र शरद कोइराला लगायतले बहस गरेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

बहसका क्रममा सबै कानुन व्यवसायीले गुरुङले जग्गा कीर्ते गरेको नभई खरिद गरेको र पैसाका साथै राजश्वसमेत तिरेर आफ्नो नाममा ल्याएको दाबी गरेका थिए। उनीहरुले एक सफल व्यापारीलाई राज्यले यस्तो अभियोग लगाएर थुनामा राख्न नमिल्नेसम्मको तर्क अघि सारे। उनीहरुले गुरुङलाई बिना धरौटी साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरे।

गुरुङविरुद्ध विशेष अदालतमासमेत भ्रष्टाचार मुद्दा दायर गरिएकाले एउटै विषयमा हरेक अदालतमा मुद्दा दायर गरेर दु:ख दिने नियतमात्र भएको दाबी गरे। अहिलेसम्म पूर्व सह–सचिव कलाधर देउजा र गुरुङसहित ५ जना प्रतिवादीको तर्फबाट बहस सकिएको छ। सो मुद्दामा १८ जना थुनामा  भएकाले उनीहरुको हकमा पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी माग गर्ने निर्णय गर्नुपर्ने छ। ललिता निवास प्रकरणमा पूर्वमन्त्री, सचिव, बहालवाला सचिवसहित २८९ जना विरुद्ध अभियोगपत्र दर्ता गरिएको छ।

पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार जना पूर्व मन्त्री, बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, ६ जना पूर्व सचिवलाई उक्त प्रकरणमा अभियोगपत्र दायर भएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कीर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो। २०६६ चैत २९ गते, २०६७ वैशाख ३१ गते, २०६७ साउन २८ गते र २०६९ असोज १८ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयको आधारमा सरकारी जग्गा व्यक्तिगत बनाएर किनबेच भएको  दावी अभियोगपत्रमा गरिएको छ।

२०६६ र २०६७ सालमा मन्त्रिपरिषद्ले बालुवाटरको बाटो विस्तार गर्ने निर्णय गरेको थियो। २०६९ सालमा सरकारले पशुपतिको टिकिन्छा गुठीको नाममा बालुवाटारको जग्गा छूट दर्ताको अनुमति दिने निर्णय गरेको थियो। यही प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ मा १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार
सम्बन्धित सामग्री
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार खनाललाई मुख्य सचिव पदमा नियुक्त गरेको जानकारी पार्टी प्रवक्ता तथा प्रचार विभाग... आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आज काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय समितिबाहिर रहेका नेताहरूसँग मिलेर काम गर्न तयार रह... आइतबार, जेठ ३, २०८३
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको उल्लेख गरे। उन... आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्