काठमाडौं- लेखक रामलाल जोशीको ‘बाआमा’लाई लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार प्रदान गरिने भएको छ।लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीले जोशीलाई यस वर्ष उक्त पुरस्कार प्रदान गर्न लागेको हो।
लालबन्दी नगर वाङ्मय परिषद्ले राष्ट्रियस्तरमा ख्याति कमाएका कृति तथा स्थानीय प्रतिभाहरूको सम्मान तथा प्रोत्साहनार्थ उक्त पुरस्कार प्रदान गर्दै आएको छ। ५० हजार राशिको उक्त पुरस्कार कार्तिक १८ गते सर्लाहीको लालबन्दी नगरपालिकामा वितरण हुनेछ।
जोशी मदन पुरस्कार प्राप्त ऐन कथासंग्रह (२०७०) लेखक हुन्। उनको सखी (२०७५) उपन्यास र हत्केलामा आकाश (२०५७) गजल संग्रह प्रकाशित छन्।
यसैगरी परिषद्ले लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कारबाट अध्यापक देवराज पौडेललाई सम्मान गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।