काठमाडौं- काठमाडौं महानगरपालिका १६ का वडाअध्यक्ष मुकुन्द रिजालको निधन भएको छ। बिहीबार बिहान ७:३० बजे उपचारका क्रममा ग्रान्डी अस्पतालमा उनको निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिए।
नेपाली कांग्रेस काठमाडौं-७ का क्षेत्रिय सभापति समेत रहेका रिजाललाई उच्च ज्वरो र निमोनियाँ देखिएपछि गत आइतबार अस्पताल लगिएको थियो। ५ दिनको उपचार अवधिमध्ये २ दिन आइसीयू र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
रिजाललाई डेंगु भएको आशंका गरिएको थियो। यद्यपि, परीक्षणका क्रममा भने प्लेट्लेट्स कम देखिए पनि उनलाई डेंगु भने नदेखिएको अस्पतालले बताएको छ।
अस्पतालका अनुसार भाइरल निमोनियाका कारण उनको निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।