काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा ५६.११ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परिषदले भाद्र १५ देखि २० गतेसम्म लिएको परीक्षाको नतिजा बुधबार सार्वजनिक भएको हो।
परीक्षामा मास्टर, ब्याचलर र प्रमाणपत्र तीन तहका गरी ५ हजार ५ सय ३७ परीक्षार्थी सहभागी भएका थिए। प्रमाणपत्र तहमा ४ हजार ६ सय ४६ जनाले परीक्षा दिएकोमा २ हजार ७ सय २५ जना पास भएको परिषदले जनाएको छ।
त्यस्तै ब्याचलर तहमा ७ सय ५६ जनामा ३०८ जना र मास्टर तहमा १२५ जनाले परीक्षा दिएकोमा ६८ जना उत्तीर्ण भएका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।