जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश सरकारको मन्त्रालयहरु र मन्त्रीहरुको लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै शुरु गरिने बताएका छन्।
बुधवार जनकपुरधाम वडा नम्बर १९ मा कृष्णाष्टमी मेलाको उदघाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधाम वडा नम्बर १९मै रहेको ५२ विघामा मधेश सरकारको प्रशासनिक भवन निर्माण गरिने बताएका हुन्। उनले यसका लागि प्रक्रिया अगाडी बढाई सकिएको जानकारी दिए।
सरकारका सबै मन्त्रालयहरुको प्रशासनिक भवनका साथै आवास समेत सोही परिसरमा निर्माण गरिने उनको भनाइ थियो। मुख्यमन्त्री यादवले मधेश सरकारले सो जग्गाको लालपूर्जा र पत्र प्रधानमन्त्री कार्यालयमा ४ महिना अगाडि नै पठाइ सकिएको बताए। उनले प्रधानमन्त्री कार्यालयबाट निर्णय आए लगत्तै प्रशासनिक भवन निर्माणका लागि प्रदेश सरकारले डीपीआर तयार गरी निर्माण प्रक्रिया अगाडि बढाउने जानकारी दिए।
मधेश प्रदेश सरकारको प्रशासनिक भवन परिसरलाई ‘जनक दरबार’ नामकरण गरिने पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।