काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारबाट टाउकामा गहिरो चोट लागेको छ।
खुकुरी प्रहारपछि उपचारका लागि ट्रमा सेन्टर पुर्याइएका यादवको टाउकोमा दुई लेअरमा टाँका लगाउनुपर्ने अवस्था देखिएको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले बताए। ‘टाउकाको पछाडितर्फको भागमा गहिरो चोट छ। जसकारण भित्र र बाहिरी छालाको लेअर गरी दुई लेअरमा टाँका लगाउनुपर्ने भएको छ’, रिजालले नेपाल लाइभसँग भने।
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेले भने– ‘राजसंस्था जिन्दावाद, एमसीसी खारेज गर’
यादवलाई खुकुरी प्रहार गरेको आरोपमा नुवाकोटको विदुर नगरपालिका–७ तुप्चेका ४७ वर्षीय श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ। सापकोटा राजसंस्थाप्रति आस्थावान रहेको खुलेको छ। खुकुरी प्रहारपछि प्रहरीले उनलाई पक्राउ पर्दा उनले राजसंस्था जिन्दावाद भन्दै चिच्याएका थिए।
प्रहरीले पक्राउ गर्दैगर्दा उनले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भनेका थिए सापकोटाले एमसीसी खारेज गर भन्दै कराएको पनि सार्वजनिक भएको भिडिओमा सुनिन्छ।
नेपाली कांग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार
काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुन गएका थिए। यादव बोल्दै गर्दा उनी दर्शक दीर्घाको पहिलो लहरमा बसेर भाषण सुनेका थिए। यादव भाषण गरेर बाहिर निस्कँदै गर्दा उनलाई पच्छ्याएर सापकोटाले खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहार गर्नेलाई पक्राउ गरेर अहिले सोधपुछ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।
सहमहामन्त्रीलाई आक्रमण गर्ने व्यक्ति पछाडि हात हुने समूहलाई कारबाही गर्न कांग्रेसको माग
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।