काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारबाट टाउको र जिउमा चोट लागेको छ।
खुकुरी प्रहार भएपछि उपचारका लागि ट्रमा सेन्टर पुर्याइएका यादवमाथि चोट लागेको अस्पतालले बताएको छ।
ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालका अनुसार यादवको टाउको र जिउमा चोट लागेको छ। ‘चोट ठूलै देखिन्छ। सिटी स्क्यान गर्न पठाइएको छ। सिटी स्क्यानपछि उपचारको थप उपचार प्रक्रिया अघि बढ्छ,’ रिजालले नेपाल लाइभसँग भने।
काठमाडौंको भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुन गएका बेला यादवमाथि खुकुरी प्रहार भएको थियो।
खुकुरी प्रहारको आरोपमा प्रहरीले १ जनालाई पक्राउ समेत गरिसकेको छ। पक्राउ पर्नेमा नुवाकोट घर भएका श्यामबाबु सापकोटा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।