काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर पूजा गरेकी छन्। मैतीदेवी युनाइटेड क्लबको आयोजनामा मैतीदेवी मन्दिरबाट लाखे नाच निकालिएको अवसरमा उपमेयर डंगोलले मन्दिरमा नै पुगेर पूजा अर्चना गरेकी हुन्।
पूजा गर्दै उपमेयर डैगोलले सदिऔँदेखि चल्दै आएको मैतीदेवीको यो लाखे नाचले भोलिका दिनमा पनि निरन्तरता पाउनेमा आफू विश्वस्त भएको बताइन्। भदौ ४ गतेदेखि सुरु भएको लाखे नाच १६ दिनसम्म चल्ने मैतीदेवी युनाइटेड क्लबका संस्थापक अध्यक्ष राम खड्गीले जानकारी दिए।
सदिऔँदेखि चल्दै आएको मैतीदेवीको यो लाखे नाच विभिन्न कारणले ३ दशकदेखि रोकिएर अहिले आएर संचालनमा आएको स्थानीय बासिन्दाहरू बताउँछन्। यसअघि यो परम्परा जोगाउने नाच संचालन गर्दै आएका स्थानीयहरु बसाइ सरेर गएका कारण, आर्थिक हिसाबले पनि खर्चिलो भएका कारण ३ दशकदेखि रोकिएको यो परम्परालाई निरन्तरता दिने चेष्टामा मैतीदेवी युनाइटेड क्लबको टिम लागिपरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।