बुटवल- नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षमा राधाकृष्ण कँडेलले एक मतले अग्रता लिएका छन्।
जम्मा ७ सय मत गणना गर्दा उनले अध्यक्षका अर्का प्रत्यासी हरी रिजाल भन्दा एक मत बढी पाएका हुन् ।
सात सय मतगणना हुँदा रिजालले ३४८ मत पाएका छन् भने कँडेलले ३४७ मत पाएका छन्।
मंगलबार भएको मतदानमा सहभागी कूल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो। अब २६५ मत गणना गर्न बाँकी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।