काठमाडौं– नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षमा हरि रिजालले अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार रिजालले प्रतिस्पर्धी राधाकृष्ण कँडेलभन्दा २९ मतले अग्रता लिएका हुन्।
पाँच सय मतगणना हुँदा रिजालले २६२ मत पाएका छन् भने कँडेलले २३३ मत पाएका छन्।
मंगलबार भएको मतदानमा सहभागी कूल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।