काठमाडाैं- सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल–भारतबीचको खुला सीमा दुरुपयोग हुन नदिन सरकारसँग माग गरेका छन्।
नेपाल–भारतबीचको सीमा चरम दुरुपयोग भएको स्मरण गराउँदै त्यसलाई तत्काल रोक्न उनले सरकारसँग माग गरेकाे हुन्। बुधबार ललितपुरमा आयोजित ‘खुला सिमानाः अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सीमाविद् श्रेष्ठले खुला सीमाकै कारण दुई देशबीच अपराधिक गतिविधि बढेकाे पनि स्पष्ट पारे।
श्रेष्ठले आतंककारी गतिविधि गर्नेलाई निस्तेज पार्न पनि सरकारले खुला सीमाको दुरुपयोग हुन नदिने व्यवस्था गर्न ढिलाई गर्न नहुने आवश्यक्ता रहेकाे उल्लेख गरे।
सीमाविद्ले खुला सीमालाई अवसरभन्दा पनि चुनौतीको रुपमा लिएर सोही अनुसारको काम, कारबाही अघि बढाउन नेपाल–भारत दुवै पक्षबीच विस्तृत छलफल गर्नुपर्ने आवश्यक्ता पनि रहेकाे बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।