काठमाडौं– कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ।
सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल, डा कुमार चुँडाल र नहकुल सुवेदीको पूर्णइजलासमा सोमबारदेखि जारी सुनुवाइमा निवेदकका तर्फबाट बहस बाँकी रहेपछि हेर्दाहेर्दैमा राखिएको हो।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हालेको रिट निवेदनमा मंगलबार विपक्षीका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए। विपक्षीका तर्फबाट बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस हुनेछ।
निवेदकका तर्फका कानुन व्यवसायीहरुले जवाफी बहस सकेपछि फैसला आउने छ। तर बाँकी बहस अब बिहीबार मात्र हुने भएको छ। बुधबार सार्वजिनक बिदा भएकाले बाँकी बहस बिहीबार हुने भएको हो।
विश्वासको मत लिने क्रममा मुख्यमन्त्री थापाले समाध्यक्ष गरिरहेका सदस्यबाटसमेत मत हाल्न लगाएका थिए। सर्वोच्चले उक्त प्रक्रिया असंवैधानिक भनिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।