काठमाडौं- नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनका क्रममा मंगलबार भएको मतदानको मतगणना सुरु भएको छ।
शनिबारदेखि जारी अधिवेशनका क्रममा मंगलबार भएको मतदानमा ९६५ मत खसेको थियो। १२ जिल्लाबाट प्रतिनिधित्व गर्ने कुल एक हजार ४ जना मतदाता थिए।
निर्वाचनबाट पाँच पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ। आजै(मंगलबार) साँझसम्म मत परिणाम घोषणा गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ।
लुम्बिनी प्रदेश अध्यक्षका लागि राधाकृष्ण कँडेल र हरि रिजाल उम्मेदवार छन्।
शनिबार अधिवेशन उद्घाटन गर्ने क्रममा सहमतिमा नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका थिए। तर एमालेका दुई पक्षले प्रतिष्ठाको विषय बनाउँदा सो प्रदेशमा नेतृत्व चयनका लागि निर्वाचन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।