• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ११, २०८३ Thu, Jun 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बरमझियाको पेडा : नाम होस् तर बदनाम नहोस्

टीकाराम सुनार/सुदीप राउत मंगलबार, भदौ १९, २०८०  १४:१८
1140x725

जनकपुरधाम– ‘आमै! एउटै व्यक्तिका यति धेरै पसल’ जो कोही एक छिन् त अल्मलिन्छन् नै। जसरी पहिलो पटक बरमझिया पुग्दा हामी पनि अल्मलियौँ। लहरै रहेका सयभन्दा बढी पसल तर नाम उस्तैउस्तै। ‘बुढो बाजेको पेडा पसल’, ‘असली बुढो बाजेको पेडा भण्डार’, ‘असली बुढो वैजनाथ बाजेको पेडा पसल’, ‘उही पुरानो वैजनाथ बाजेको पेडा पसल’, ‘वैजनाथ बाजेको पेडा भण्डार’, ‘वैजनाथ बाबाको पेडा पसल’, ‘श्री वैजनाथ साहको पेडा भण्डार’ यस्तैयस्तै पसल अनेक तर नाम एक। 

अगाडि होस् या पछाडि ‘वैजनाथ बाजे’ हरेक पसलको साझा पहिचान हो। त्यो देखेर एकछिन् त जो कोही अलमलमा पर्छन्। त्यस्तै अलमलमा थिइन्, काठमाडौंबाट इलाम जाँदै गरेकी रोशनी राई। ‘वैजनाथ बाजे को हुन्? सबै पसल उनीकै हुन्’, स्थानीय एक व्यापारीलाई राईले सोध्दै थिइन्। 
जवाफ आयो, ‘हैन।’

‘अनि वैजनाथ बाजे को त?’

जवाफमा पसले भन्दै थिए, ‘यस ठाउँमा पेडा व्यापार सुरु गर्ने मान्छे!’

रोशनीले मात्रै होइन, पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझिया पुगेका वा सो सडक भएर यात्रा गर्नेहरुको मनमा यस्तै जिज्ञासा जाग्दो रहेछ। लहरै रहेका यी पसलहरुले मन लोभ्याउँछन्। गाडी नरोकेर धरै पाइन्न। अनि कुरौनी र पेडा किन्यो। पसल अगाडि टक्क रोकियो र तस्बिर लियो। यस्तै दृश्य देखिन्छन् यहाँ। 

स्थानीय अभिषेक साह भन्दै हुनुहुन्थ्यो, ‘सबैले सोध्छन् पसल अनेक तर नाम एउटै कसरी? जवाफ त पाउँछन् तर असली वैजनाथ बाजेको पेडा पसल पहिचान गर्नै हम्मेहम्मे हुन्छ।’ ‘बरमझियाको पेडा’ धेरै नेपालीले सुनेकै नाम हो। मधेस प्रदेशको पूर्वी सिमाना पूर्व-पश्चिम् राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–२ मा अवस्थित बरमझिया यही ‘पेडा’ का कारण चर्चामा छ। तर यहाँ पहिलो पटक आउनेहरु भने राजमार्गको दुवै किनारमा खुलेका पसलहरुको मिल्दोजुल्दो नामले वैजनाथ बाजेको असली पेडा पसल खोज्न अलमलिन्छन्। 

‘धेरै जना वैजनाथ बाजेको पेडा पसल चाहर्दै आउँछन्, कतिपय वैजनाथ बाजेलाई नै खोज्न आइपुग्छन्’, विगत २० वर्षदेखि तीनै वैजनाथ साहको पसलमा काम गरेका कालिगड गोविन्द साहले भने, ‘बाजे नदेखेपछि खिन्न मान्नुहुन्छ। देख्न पाएको भए कति राम्रो हुन्थ्यो भनेर पछुताउनुहुन्छ। के गर्नु! दैवले खोसेर लगिसक्यो।’

‘पेडा भनेकै वैजनाथको’
वैजनाथ साह बरमझियामा पेडाको ‘ब्रान्ड’ स्थापित गर्ने व्यक्ति हुन्। सुरुमा उनका बुबा अक्कल साहले गाउँमै चिया पसल सुरु गरेका थिए। त्यही पसलमा छोरा बैजनाथले पनि सघाए। एकपटक उनी कामको सिलसिलामा भारततिर गएका थिए। त्यही बेला दूधबाट चियाबाहेक कराउनी र पेडा बनाउन सकिन्छ भनेर थाहा पाए। ‘हामीलाई सुनाउनुभएअनुसार भारत भ्रमणमा जाँदा पेडाबारे थाहा पाएर फर्केपछि चिया पसलमा आउने दूधबाट कुराउनी र पेडा बनाउन थाल्नुभएको थियो। विसं २०१५र१६ तिर त्यसलाई व्यावसायिक रुप दिनुभएको हो’, हाल बाजेको बिडो थामिरहेका नाति विवेक साहले भने, ‘चिया पसल हाम्रो बुढो हजुरबुबाले धेरै पहिलेदेखि नै चलाइरहनुभएको थियो। बाजेले त्यसैमा पेडाको व्यापार गर्न थाल्नुभयो। अहिलेको स्थानमा त पूर्व-पश्चिम राजमार्ग खुलेपछि मात्रै व्यापार सुरु गरिएको हो।’

nimb
nimb
Ncell 2
Ncell 2

समय क्रममा स्थानीयमा पेडाप्रतिको रुची बढ्दै गयो। राजमार्गमा आवतजावत बाक्लिएपछि बरमझियाको पेडाको महिमा पूर्व-पश्चिम यात्रा गर्नेहरुसँगै देशभर पुग्यो। पसल थपिए, बजार बढ्दै गयो। बैजनाथ बाजे र बरमझियाको पेडा एक चर्चित ‘ब्रान्ड’ बन्यो। ‘पसल खोलेर बसेका अधिकांशले बाजेबाटै काम सिकेका हुन् तर नाम फरक राखे पनि त हुन्थ्यो। अहिले त हाम्रो पसल नै ओझेलमा पर्ने गरी ठूलाठूला अक्षरमा नाम लेखेका छन्। यसले ग्राहकहरुलाई अल्मल्याउने काम भएको छ’, विवेकको गुनासो छ,‘नामले मात्रै त व्यापार चल्ने होइन, बरु ग्राहकहरु अलमलमा पर्छन्। अस्वस्थ प्रतिस्पर्धा बढ्छ।’

‘पेडा भनेकै वैजनाथ बाजेको’ भन्ने भाष्य स्थापित गरेका साह अहिले हामीमाझ छैनन्। उनले ११ वर्षअघि २०६९ साउन १८ गते देहत्याग गरिसके। त्यसपछि पसलको नाममा वैजनाथ झुण्ड्याउने चलन झनै बढेको छ। 

बाजेको देहावसानपछि दुई छोरामध्ये कान्छोतर्फका जेठो नाति विवेकले व्यापार सम्हालिरहेका छन्। विवेकको हार्डवेयर पसल पनि छ तर पेडा पसलमा बस्नुको आनन्द नै छुट्टै हुने उनको अनुभव छ। भन्छन्, ‘पूर्वमेचीदेखि पश्चिम महाकालीका मान्छेहरु आउँछन्। तीमध्ये पहिलो पटक आएका धेरै जना अरुलाई सोध्दैसोध्दै पसलमा आइपुग्छन्। बाजे, पेडा, आम्दानी, छ्यापछ्याप्ती खुलेका पसलबारे बुझ्न खोज्छन्। त्यसैले व्यापार र चिनजान दुवै हुन्छ, यसैमा आनन्द लाग्छ।’ 

साहलाई आफ्नो बाजेको नाममा ठूलाठूला होर्डिङ्ग बोर्डसहित खुलेका पसलहरु देख्दा आनन्द लाग्छ तर जब ग्राहकले तपाईको पसल खोज्नै मुस्किल भयो भनेर सुनाउँछन् तब नरमाइलो लाग्छ। ‘कहिलेकाही आफैँ पनि बाहिर निस्केर हेर्छु मेरै पसल बिर्साउने गरी बाजेको नाममा पसल खुलेका छन्। बाजेको निधनपछि त नाम मात्रै होइन ‘असली पेडा पसल’ आफ्नै हो भने जसरी बोर्डमा बाजेको तस्वीर पनि राख्न थालियो’, उनले सुनाए, ‘अहिले भने हामीले पसल अगाडि बाजेको शालिक निर्माण गरेका छौ। त्यसले पसल पहिचानमा केही सहज त भएको छ तर फेरि त्यही पनि नक्कल गर्लान् कि भन्ने पीर छ।’

एक व्यक्तिले एउटा पसलबाट सुरु गर्नुभएको पेडा व्यापार अहिले एक सयभन्दा बढीले सुरु गरेका छन्। ती पसलहरुमा सयौँले रोजगारी र स्थानीय दूध उत्पादक किसानले बजार पाएका छन्। संस्थापक वैजनाथ बाजेको पसलमा मात्रै दैनिक पाँच सय लिटरसम्म दूधको खपत हुने गरेको छ। यहाँ सप्तरी, सिरहा, सुनसरीलगायतका जिल्लाबाट दूध सङ्कलन हुने गरेको स्थानीय व्यापारीहरुको भनाइ छ। 

बाजेको चिन्ता
बरमझियामा वैजनाथ बाजेको नामबिनाका पसल सायदै छन्। तिनै पसलको नाममा भइरहेको व्यापारले सयौ परिवारको रोजीरोटी चलिरहेको छ। उनी जीवितै हुँदा चलेको यो चलन उनको अनुपस्थितिमा अहिले झनै बढेको छ। पाँच वर्षअघि व्यापार सुरु गरेका जन्नत मन्सुरीले पनि वैजनाथ बाजेको नाम राखेरै पसल सुरु गरेका छन्। ‘सबैले पसलको बोर्डमा वैजनाथ बाजेको नाम ठूल्ठूला अक्षरमा लेखेका छन्। मैले मात्रै उनको नाम छुटाएमा अपमान गरेको जस्तो होला भनेर राखेको हो’, मन्सुरीले भने,‘अरु स्वार्थ त के हुन्थ्यो र रु नामले मात्रै व्यापार चल्ने होइन।’

वैजनाथ बाजेले देखाएको बाटो पछ्याउँदा अहिले आफ्नै देशमा केही गरेर खान सकिएको मनसुरीको कथन छ। आफू मात्रै होइन अरु तीन जनालाई काम दिएर उनीहरुको घरमा पनि चुल्हो बाल्ने काम यही पसलबाट भएको मन्सुरीले बताए।

‘अहिले बेमौसममा पनि एक सय २० लिटर दूध किन्छौँ तर सिजनमा त तीन सय लिटरसम्म किन्नुपर्छ। सोच्नुस् त त्यसमा कतिको परिश्रम र रोजिरोटी जोडिएको छ’, मन्सुरीले भने, ‘स्थानीयस्तरमा रोजगारी सिर्जना गरिरहेका हामीलाई प्रोत्साहन गर्नुको सट्टा हतोत्साहित गरिन्छ। मिसावट हुन्छ भनेर हल्ला फैलाइन्छ, सबैको जिम्मा लिन सकिदैँन तर हामीले इमान्दारितापूर्वक आफ्नो कर्म गरिरहेका छौ। नभए गुणस्तर नाप्ने निकायहरु पनि छन्, परीक्षण गरे पनि भयो। किन बद्नाम गराउनु!’

विवेक साहका अनुसार वैजनाथ बाजे जीवित हुँदा पनि यस्तै हल्ला चल्थ्यो। त्यसैकारण एकपटक आफ्नो नामको दुरुपयोग हुने चिन्ताले बाजेले स्थानीय प्रशासनमा लिखित निवेदनसहित आफ्नो नाम हटाउन र नयाँ खोल्नेलाई नाम राख्न नदिन आग्रह गरे। प्रशासनबाट हुबहु नाम नभएकाले केही गर्न नसकिने जवाफ पाएपछि त्यो प्रचलन रोकिएन, बरु निरन्तर बढिरहेको छ। ‘हरेक पसलमा बाजेको नाम हुनु हाम्रो लागि पनि गौरव र उनको योगदानको सम्मान पनि हो तर बाजेलाई एउटै चिन्ता थियो कि कतै आफ्नो नाम बदनाम हुने त होइन? अहिले हामीलाई पनि त्यही चिन्ता छ’, विवेकले भने। 

बेलाबखत पेडामा पीठो तथा बिस्कुट मिसाइएको, धेरैदिनको बासी पेडा बेचेको जस्ता हल्ला नसुनिएका होइनन्। यस्तो सुन्दा कालिगढ डोमी साहको मन कटक्क खान्छ। ‘यही व्यवसायबाट हामी सबैको चुल्हो बलेको छ। बरमझियाको पेडा भनेर नेपाल र भारतमा समेत इज्जत छ। बीसौ वर्ष यसैमा बिताएका छौ। नराम्रो सुनेपछि त मन खिन्न भइहाल्छ नि’, डोमीले मनको बह पोख्नुभयो, ‘बाजेसँगै हामीले वर्षौ लगाएर कमाएको नाम बदनाम हुन एक दिन पनि लाग्दैन। त्यसैले सबै जनाले राम्रोसँग व्यापार गरे त हुन्थ्यो। तर खै१ कसको नियत कस्तो हुन्छ रु सबै इमान्दार कहाँ हुन्छन् र?’

नाति विवेक भने पेडामा अन्य चिज मिसाउँदा लागत बढ्ने र त्यस्तो पेडा चाँडै खपत नभएमा गुणस्तर ह्रास भई लगानी खेरजाने हुँदा कसैले गलत काम गर्न नसक्ने विश्वास गर्छन्। यदि कसैले गलत काम गरेको शङ्का लागेमा सरोकारवाला निकायले अनुगमन र प्रयोगशालामा परीक्षण गरी समस्या समाधान गर्नुपर्ने तर एकाध व्यक्ति र घटना देखाएर बरमझियाको बेइज्जत नगर्न उनले आग्रह गरे। 

पेडाको ब्रान्ड स्थापना गरेका बैजनाथका दुई छोरा छन्। त्यसमध्ये कान्छोतर्फका एक नातिले बाजे वैजनाथको व्यापार सम्हालिरहेका छन्। रगतको सम्बन्धका हिसाबले नाति विवेक परिवार बाजेको उत्तराधिकारी भए पनि त्यो क्षेत्रका सयभन्दा बढी पसलेले ‘पेडा बाजे’ वैजनाथको व्यापारिक उत्तराधिकारीका रुपमा हेर्ने गरेका छन्।

त्यसैकारण ‘आफ्नो नाम, काम र ठाउँको बदनाम पो हुने हो कि!’ भन्ने संशयसहित स्वर्गबास भएका बाजे वैजनाथको त्यो संशय मेटाउने दायित्व पनि यी सबै पेडा व्यवसायीको हो। -रासस

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १४:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प, हजारौँ मारिएको शंका
फिफाद्वारा एन्फा निलम्बित
स्टकल्यान्डलाई हराउँदै ब्राजिल बन्यो समूह विजेता
सम्बन्धित सामग्री
६ वटै महानगरपालिकाको बजेट सार्वजनिक, कसको कति? सबै महानगरपालिकाको गरी ३७ अर्ब ९५ करोड ७६ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएका छन् । केही महानगरले असार पहिलो साता बजेट ल्याए पनि केही... बुधबार, असार १०, २०८३
ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोड चालू आवका लागि २ अर्ब ९६ करोड ६४ लाख १८ हजार विनियोजन भएकोमा आगामी आवमा कर्मचारीहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता, तथा अन्य प्रशासन... बुधबार, असार १०, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा तीन हजार ६०० रुपैयाँले घटेर दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । बुधबार, असार १०, २०८३
ताजा समाचारसबै
भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प, हजारौँ मारिएको शंका बिहीबार, असार ११, २०८३
फिफाद्वारा एन्फा निलम्बित बिहीबार, असार ११, २०८३
स्टकल्यान्डलाई हराउँदै ब्राजिल बन्यो समूह विजेता बिहीबार, असार ११, २०८३
९९ केन्द्रीय सदस्य छान्न रास्वपामा मतदान जारी बिहीबार, असार ११, २०८३
६ वटै महानगरपालिकाको बजेट सार्वजनिक, कसको कति? बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? बुधबार, असार १०, २०८३
प्रतिनिधि सभा बैठक सर्‍यो बुधबार, असार १०, २०८३
पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर बुधबार, असार १०, २०८३
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्