काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गिरीबन्धु टी इस्टेट प्रकरणबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो प्रकरणमा ठूलो भ्रष्टाचार भएको जिकिर गर्दै सरकारले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए। त्यसैगरी उनले निर्वाचित जनप्रतिनिधिहरुलाई जथाभाबी नबोल्न पनि सचेत गराए।
सिंहदरबार नै ध्वस्त पार्ने कुरा, धार्मिक स्वतन्त्रतामाथि नै आँच आउने खालको अभिव्यक्तिहरू पछिल्लो समयमा आउने गरेको उल्लेख गर्दै त्यस्ता अभिव्यक्ति नदिन अनुरोध उनले गरे।
सांसद खतिवडाले जनप्रतिनिधिहरुले आफ्नो पदीय मर्यादालाई ख्याल गरेर मात्रै बोल्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।