काठमाडौं– एसिया कप २०२३ अन्तर्गत भारतविरुद्धको खेलमा नेपालका ओपनर ब्याटरले ५० रन पूरा गरेका छन्।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय साझेदारी गरेका छन्। भुर्तेलले भारतविरुद्ध विष्फोटक पारी खेलेका छन् । उनले २१ बलमा एक छक्का र ३ चौका हिर्काउँदै २९ रन बनाएका छन्। यसैगरी आसिफ शेखले ३३ बलमा २० रन बनाएर साथ दिइरहेका छन्।
नेपालले ९ ओभरको समाप्तिमा नटआउट ५३ रन जोडेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।