• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ २६, २०८२ Mon, Feb 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘चोर बाटो’ हुँदै तेस्रो मुलुक जाने महिलाको कथा : हामीलाई त मालिकले किनेको पो रैछ

64x64
नेपाल लाइभ बुधबार, भदौ २०, २०७५  ०६:०९
1140x725

काठमाडौं– घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जान सरकारले विगत दुई वर्षयता प्रतिबन्ध लगाएको छ। २०७२ साल चैतदेखि सरकारले खाडीका ६ देश र मलेसियामा घरेलु काममा जाने कामदारलाई श्रम स्वीकृति जारी नै गरेको छैन सरकारले। 

तर, वैधानिक रूपमा  विदेश जाने बाटो बन्द भएपछि अवैधानिक रुपमा तेस्रो मुलुकको बाटो हुँदै खाडीलगायतका मुलुकमा जाने महिलाको संख्या बढ्दै गएको छ।

श्रम स्वीकृति विना ‘चोर बाटो’ भएर विदेश जाने महिलाले अनेकौं समस्या झेल्नुपरेको उनीहरूकै भनाई छ। अवैधानिक रूपमा विदेश जाने महिला तथा युवतीको संख्या बढ्दै गएको छ।

सुनसरी जिल्ला धरानकी ललिता (नाम परिवर्तन) रोजगारीका लागि दुई वर्षअघि बंगलादेशको रुट भएर चीन हुँदै साइप्रस पुगेकी थिइन। काठमाडौंबाट हिडेको २१ दिनमा साइप्रस पुगेको ललिताले बताइन्। 

तीन वर्ष साइप्रसमा रोजगारी गरेर २० दिनअघि नेपाल फर्केकी ललिता अवैध बाटो भएर वैदेशिक रोजगारीमा जादाँ धेरै दुखकष्ट भोगेको बताउँछिन्।  

‘नेपालबाट हिँडेपछि भारत र बंगलादेशमा बस्दा प्रहरीले थाहा पाँउछ भनेर रातरात होटल परिवर्तन गरेको’ उनले भनिन्। ‘अवैधानिक रूपमा विदेश जाने धेरै महिला अनभिज्ञ हुन्छन्। यस्ता महिलालाई सम्झाउनै गाह्रो हुन्छ किनकी उनीहरूलाई थुपै्र आश्वासनका सपना बाँडिसकेको हुन्छ दलालले। विदेश भन्नु मात्र छ, त्यहाँको कष्ट पीडा सम्झँदा अत्माहत्या गरुँजस्तो लाग्ने उनको भनाई छ।

साइप्रस जादाँ उनले काठमाडौंका डम्बरकुमार श्रेष्ठलाई ३ लाख ५३ हजार तिरेको कुरा सुनाइन्। 

झापा बुधबारेककी रेखा (नाम परिवर्तन) ५ वर्षअघि कुवेत गएकी थिइन्। एजेन्टले दिल्ली हुँदै रेखालाई कुवेत पु¥याएको थियो। रेखालाई नेपालबाट कम्पनीमा सेल्सगर्लको काम गर्नका लागि भनेर पठाइएको थियो। तर, कुवेत पुगेपछि हाउस मेडको काम गर्नु परेको उनले बताइन्।

Ncell 2
Ncell 2

‘मैले जति नेपाली दिदीबहिनीलाई कुवेतमा भेटें, सबैलाई एउटै लागेको थियो। हामी सिधै कम्पनी र भनेकै काम पाउँछौं भन्ने लागेको थियो’, उनले भनिन ‘तर कुरो त अर्कै रहेछ’। खासमा हामी बेचिएर मालिकको घरमा पुगेका रहेछौं। हामीलाई मलिकले काम गर्नका लागि पो किनेको र’छ।’

रातमा साहुको दिनमा कामको चापले गर्दा जिउँदो लाश भएर काम गर्नु परेको उनले बताइन्। रेखा पनि १६ दिनमा कुवेत पुगेकी थिइन। कुवेत जादाँ रेखाले झापाकै कुमार मगरलाई ७० हजार बुझाएकी थिइन्। 

भारत हुँदै थाइल्याडबाट लेबनान पुगेकी चितवनकी मनिषा (नाम परिवर्तन) काे पीडा पनि उतिकै दुखदायी छ। सामान्य किसान परिवार भएकाले घरपरिवार बुबाका कमाइबाट चल्दै आएको थियो। भारतमा रोजगारीका क्रममा बाबुको मृत्यु भएपछि परिवारको रेखदेखको जिम्मा उनकै काँधमा आएको थियो। त्यसपछि विदेशिने सपना बोकेर गाँउकै काकी पर्ने एजेन्टमार्फत् म्यानपावर कम्पनीसम्म पुगिन्। 

‘नेपालबाट हिँडेको एक महिनामा लेवनान पुगियो। मसँग जाने लटमा ११ जना महिला थिए। जसमा ५ जना भारतबाट अर्कै देश गए। कुन देश पुगे पत्तो भएन। म सहित ५ जना चाहिँ लेवनान गयौं’ उनले भनिन् ‘अवैध बाटोमार्फत् विदेश जाँदा बाटोमै कैयाै‌ं पटक दलालले शरीरिक शोषण गर्छन्। एकतिर बाटोमै दलालबाट असुरक्षित भने अर्कोतिर रोजगारदाता देशमा पुगेपछि मलिकबाट पनि धेरै असुरक्षित भइन्छ।’ 

‘हामीले तँलाई पैसा तिरेर किनेर ल्याएको हो, हामीले जे भन्छौं, तैंले त्यही गर्नुपर्छ’ भनेर मालिक–मालिक्नीले दिनरात यातना दिए। काम लगाउने मात्र होइन शारीरिक र मानसिक यातना पनि सहनुपर्ने दुखसो पोखिन् उनले। 

एजेन्ट र दलालमार्फत् रोजगारीका लागि अवैधानिक बाटो भएर विदेश पुग्ने अधिकांश महिला कि ठगिन्छन्, कि त बेचिन्छन्। बाटो लागेपछि मात्र दलालले बेचेको र ठगेको थाहा हुन्छ। 

अवैध बाटो भएर विदेशिने महिलालाई कतिपय दलालले त आधा बाटो पुगेपछि नजरबन्दमा राखेर लुटने र कुट्ने गरेको उनीहरूको भनाई छ। 

यसरी हुने तस्करीमा विदेशमा रहेका कुटनीतिक नियोगका कर्मचारी र गैर–आवसीय नेपाली पनि संलग्न हुने गरेको उनीहरूको आरोप छ। 

ललिता, रेखा र मनिषा त प्रतिनिधिमूलक पात्रमात्र हुन्। अवैध बाटो हुँदै वैदेशिक रोजगारीमा जाने महिला कामदार धेरै छन्। यसरी विदेशिने महिलाले अनेक दुख पाइरहेका छन्।  

देशैपिच्छे फरक–फरक एजेन्ट 
अवैध बाटो हुदै विदेश जाने महिला कामदारले देशैपिच्छे फरक–फरक एजेन्टलाई सम्र्पक गर्नुपर्छ।  

श्रम स्वीकृति बिना विदेश जाने महिलाले अनेकौं समस्या र पीडा सामना गर्नुपर्छ। त्यसमा ठूलो समस्या एजेन्ट नै भएको ललिताको भनाइ छ।

रोजगारीको खोजीमा रहेका महिला कामदारले नेपालभित्र तीन तहका एजेन्टसँग सम्पर्क गर्नुपर्छ। 

‘नेपालको सिमानासम्म एउटा एजेन्टले पु¥याउँछ। सिमाना पार गरेपछि अर्को एजेन्टको साथ लागेर जानुपर्छ। यसरी जादाँ रोजगारदाता देशसम्म पुग्न कम्तिमा ५ देशका एजेन्ट परिवर्तन गर्नुपर्छ’ ललिताले भनिन, ‘यस्ता एजेन्टको साथ लागेर जादाँ कस्तो परस्थीति सामना गर्नुपर्ला? आफै सोच्नुहोस्।’ एजेन्टले नै महिलालाई तस्करी गरेर रोजगारदाता देशसम्म पु¥याउने गरेको उनीहरूको भनाई छ।  

दलालसम्म कसरी पुग्दछन् महिला?

अवैधानिक बाटो भएर रोजगारीमा जाने महिला सम्बन्धित राष्ट्रमा पुगेका महिला कामदार, दलाल र प्रायजसो आफन्तका सम्र्पकमै जाने गरेको पाइएको छ। 

स्थानीय एजेन्टले शहरका एजेन्टसम्म ल्याउने गरेका छन्। त्यसपछि म्यानपावर कम्पनी तथा एजेन्टको साथ लगाएर विदेश पठाउने गरेको पाइएको छ।  

स्थानीय एजेन्टको मुख्य काम गाउँ–गाउँबाट हाउसमेडमा जाने महिला र युवति खोजेर दलाल तथा म्यानपावरसम्म पुर्‍याउनु नै हो। 

वैदेशिक रोजगारीमा गएर फर्किएका महिला तथा पुरुष नै यस्तो काममा संलग्न रहेको उनीहरूको भनाई छ। अवैध बाटो भएर विदेशिने महिलाले धेरै मानसिक र शारीरिक यातना खेप्नुपर्ने र यौन दुव्र्यवहारको शिकार समेत हुनुपर्ने उनीहरूको भनाइ छ। यस्ता काममा मुख्य एजेन्ट नेपाली नै हुने गरेको पीडितको गुनासो छ। 

कस्ता महिला समस्यामा पर्छन्?

अवैध बाटो भएर विदेशिने अधिकांश महिला अशिक्षित, अर्धशिक्षित र परिवारिक समस्यामा परेको महिला हुने गरेका छन्। 

यसरी तेस्रो देश भएर विदेशिने महिला प्रायः श्रीमान्सँग सम्बन्ध विछेच्द भएका वा पारिवारिक अवहेलनामा परेका हुने गरेको पाइएको छ। 

पर्याप्त ज्ञान नभएका, हातमा सीप नभएका, अरुको प्रलोभनमा पर्नसक्ने महिला दलालका नजरमा पर्ने गरेका छन्। 

सजिलै बहकाउमा पार्न सकिने र जस्तोसुकै काम परे पनि भाग्न तथा सम्बन्धित निकायसम्म पुग्न नसक्ने महिला दलालका नजरमा पर्ने गरेका छन्। घरेलु कामदारका लागि जाने अधिकांश महिलाले कुनै नै कुनै समस्या सामना गरेर नै काम गर्नेगरेका छन्।  

९ सय डलरसम्म तिर्छन् महिला

भारत, इन्डोनेसिया, श्रीलंका, बंगलादेश, इथियोपिया, घाना र नेपाललगायत देशबाट घरेलु कामका लागि महिला तस्करी हुने गरेको छ। नेपाली युवति विदेशी श्रम बजारमा पुर्‍याएबापत् ७ देखि ९ सय अमेरिकी डलर दलालले लिने गरेको कुवेतबाट फर्किएकी रेखाले बताइन्।

कुवेतमा तस्करीमार्फत् पुगेका धेरै महिलाले बाध्यतामा परेर मात्र काम गरिरहेको उनको भनाई छ। वार्षिक रुपमा करीव ३ हजार महिला तस्करमार्फत् कुवेत पुग्ने गरेको उनको भनाई छ। अन्य देशमा पुर्‍याउने एजेन्ट तथा तस्करले पनि सोही बराबर पैसा लिने गरेका छन्। 

भारत नै मुख्य रुट 

नेपालबाट धेरै महिला भारतको बाटो भएर तेस्रो देश तस्करी हुने गरेका छन्। नेपालसँग जोडिएका खुला सिमानाबाट नै महिला भारत पुग्ने गरेका छन्। भारतपछि बंगलादेश, चीन श्रीलंका र थाइल्यान्ड तस्करको मुख्य रुट हो। 

नेपालबाट दलालले भारतीय बजारमा किनमेल अथवा आफन्तसँग भेटघाटमा जाने भनेर  सिमाना कटाउने गरेका छन्। भारतको दिल्ली, मुम्बई र चेन्नईमा तेस्रो देश लैजान लगिएका धेरै नेपाली महिला रहेको उनीहरूको भनाई छ।

अवैध बाटो भएर विदेशिने महिलाको विषयमा सरकार चाँहि बेखबर देखिन्छ। यो विकृति रोक्न सरकारले खासै प्रभावकारी कदम चलेको छैन। यही कमजोरीको फाइदा दलाल र तस्करले लिँदै आएका छन्। 

(यो सामग्री मनिषा, ललिता र रेखासँग राजधानीमा भेटेर कुराकानीका आधारमा तयार पारिएको हो।)

प्रकाशित मिति: बुधबार, भदौ २०, २०७५  ०६:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेयर बजारमा २६ अंकको गिरावट
‘मैले सामाजिक सुरक्षा भत्ता ४ हजार पुर्‍याएँ, सडक बालबालिका छैनन्’ : ओली
बहुसूचक सर्वेक्षण सार्वजनिक: शिशु मृत्युदर २७, सुदूरपश्चिममा अवस्था सबैभन्दा गम्भीर
सम्बन्धित सामग्री
३३ किलो सुन तस्करी प्रकरणका चूडामणि उप्रेती ‘गोरे’लाई थप दश वर्ष जेल सजाय जिल्ला अदालत मोरङबाट जन्मकैद सजाय पाएर कारागारमा रहेका गोरे भनिने चूडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरका न्यायाधीशद्वय महेन्द्रनाथ... सोमबार, माघ २६, २०८२
बहुसूचक सर्वेक्षण सार्वजनिक: शिशु मृत्युदर २७, सुदूरपश्चिममा अवस्था सबैभन्दा गम्भीर प्रदेशगत तथ्याङ्कअनुसार नवजात शिशु तथा बाल मृत्यु दर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रहेको छ। सुदूरपश्चिममा प्रति १ हजार जन्ममा २६... सोमबार, माघ २६, २०८२
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्टका अनुसार आज विशेष सूचनाको आधारमा आदर्शनगरस्थित मदनप्... सोमबार, माघ २६, २०८२
ताजा समाचारसबै
जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय सोमबार, माघ २६, २०८२
३३ किलो सुन तस्करी प्रकरणका चूडामणि उप्रेती ‘गोरे’लाई थप दश वर्ष जेल सजाय सोमबार, माघ २६, २०८२
राष्ट्रिय सभालाई बुढापाका थन्काउने र पराजित नेता व्यवस्थापन गर्ने थलो नबनाउन आग्रह सोमबार, माघ २६, २०८२
सेयर बजारमा २६ अंकको गिरावट सोमबार, माघ २६, २०८२
‘मैले सामाजिक सुरक्षा भत्ता ४ हजार पुर्‍याएँ, सडक बालबालिका छैनन्’ : ओली सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित आइतबार, माघ २५, २०८२
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्