काठमाडौं- एसिया कप २०२३ अन्तर्गत नेपाल-भारतको खेलका लागि वीरगञ्ज महानगरपालिका बन्द गरिएको छ।
सोमबार दिउँसो २ बजेदेखि हुने खेलका लागि क्रिकेट खेलप्रतिको भावना अभिवृद्धि गर्न तथा एसिया कपमा नेपाली क्रिकेट टोलीको हौसला बढाउन अत्यावश्यकबाहेकका सेवाहरू बन्द हुने महानगरपालिकाले सूचना जारी गरी जानकारी दिएको छ।
महानगरपालिकाका अनुसार दिउँसो २ बजेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।