काठमाडौं– नेकपा एमालेको लुम्बिनी अधिवेशनमा ५ पदका लागि १५ जनाको उम्मेदवारी परेको छ। जारी अधिवेशनमा सोमबार बिहान १० बजेसम्म उम्मेदवारी दर्ताको समय तय भएको थियो। जसमा १५ जनाले उम्मेदवारी दिएका हुन्।
अधिवेशनबाट पाँच पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ। सम्पूर्ण रुपमा ३६४ जनाको उम्मेदवारी परेको छ।
लुम्बिनी प्रदेशमा सहमतिबाट नेतृत्व टुंग्याउने प्रयत्न अन्तिम समयसम्म चलेको थियो। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनलाई सम्बोधन गर्दै सहमतिबाटै नेतृत्व टुंग्याउन भनेका थिए। तर, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको प्रतिष्ठाको लडाइँले निर्वाचन भएको एमालेका नेताहरूको भनाइ छ।
अध्यक्षका उम्मेदवार कँडेललाई पौडेल र रिजाललाई पोखरेलको साथ रहेको बताइन्छ।
पदाधिकारीका लागि यी हुन् उम्मेदवारहरू:
अध्यक्ष
राधाकृष्ण कँडेल
हरि रिजाल
उपाध्यक्ष
भोजप्रसाद श्रेष्ठ
पूजन विश्वकर्मा
विश्वराज बराल
शान्तकुमार वली
सचिव
सोमनाथ सापकोटा
लक्ष्मण आचार्य
उपसचिव/खुला
उपेन्द्रलाल कामी
पूर्ण बुढामगर
हिरा एसी
दुर्गाप्रसाद थारु
उपसचिव/महिला
बसन्ती अधिकारी
आरती पौडेल
लीला रानामगर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।