काठमाडौं– भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार शेयर बाँडफाँड गरेको हो।
सिद्धार्थ क्यापिटलका अनुसार आईपीओका लागि कुल १३ लाख ९ हजार ६६ जनाको आवेदन परेको थियो। जसमध्ये २३ सय ८९ जनाको आवेदन रद्द भएको छ। योग्य रहेका १३ लाख ६ हजार ६ सय ७७ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ।
जसअनुसार ७१ हजार २ सय २२ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। बाँकी लगानीकर्ताको भने हात खाली भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।