काठमाडौं– नेपालका लागि रुसका राजदूत अलेक्सेइ अलेक्सेयेभिच नोभिकोभले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन्। रुसी राजदूत नोभिकोभले सोमबार सभामुख घिमिरेको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता गरेका हुन्।
भेटका क्रममा आपसी सद्भाव, दौत्य सम्बन्धनका बारेमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।
सभामुखले नेपाल र रुस सम्बन्धबारे चर्चा गरे। रुस नेपालको पुरानो मित्र भएको उल्लेख गर्दै सभामुख घिमिरेले सन् १९५६ मा नेपालसँग दौत्य सम्बन्ध स्थापना भए पश्चात नेपाल र रुसको सम्बन्ध सुमधुर रहिआएको बताए।
नेपालको विकास प्रक्रियामा रुसको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै सभामुख घिमिरेले सहयोगका लागि नेपाल तथा नेपाली जनताका तर्फबाट आभार प्रकट गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।