काठमाडौं– वीर अस्पतालको छैटौं तलाबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ। आइतबार राति २ बजेतिर अस्पतालको नयाँ सर्जिकल भवनको छैटौं तलाबाट खसेर एक व्यक्तिको मृत्यु भएको हो।
मृत्यु भएका व्यक्तिको सनाखत हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।
मृत्यु हुनेमा अन्दाजी ४० वर्ष जतिका पुरुष व्यक्ति छन्। उनी बिरामी कुरुवा भन्दै अस्पतालमा छिरेका पाइएको छ। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।