• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १३, २०८२ Thu, Oct 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोशी प्रदेश सरकारको विवाद: कानुनविद्‌का आ–आफ्नै तर्क

64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, भदौ १७, २०८०  २०:३६
1140x725

काठमाडौं– कोशीका मुख्यमन्त्री उद्धव थापाले लिएको विवासको मतसम्बन्धी विवादको मुद्दाको सुनुवाइ अब सर्वोच्च अदालतका ३ वा सोभन्दा बढी न्यायाधीश सम्मेलित पूर्ण इजलासमा हुने भएको छ। आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र शुष्मालता माथेमाको इजलासले उक्त मुद्दाको सुनुवाइ पूर्ण इजलासमा गर्ने आदेश गरेको हो। 

कोशी प्रदेशका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको रुपमा प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले पनि मतदान गरेको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चको आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार ‘कामचलाउ’ अवस्थामा छ। 

कोशी प्रदेश सरकार अहिले बजेट विहीनताको अवस्थामा पनि छ। यसअघि एमालेका नेता कार्की नेतृत्वकै सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो। बजेट अध्यादेश निस्क्रिया भएपछि अहिले बजेट शून्यता छ। 

प्रदेश सरकार कामचलाउ रहेको र प्रदेश बजेट शून्यताको अवस्थामा सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दा पनि तत्कालै किनारा लाग्ने अवस्था छैन। संवैधानिक कानुनका जानकारहरु प्रदेश सरकारको विश्वासको मत र बजेट शून्यताबारे विभाजित छन्। 

संवैधानिक कानुनका जानकार एवम् वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली मुख्यमन्त्रीले लिएको भनिएको विश्वासको मतबारे संवैधानिक नैतिकताको प्रश्न उठेको बताउँछन्। संविधानमा भएको व्यवस्थाअनुसार सभामुख र ज्येष्ठ सदस्यको रुपमा जिम्मेवारी सम्हालेको व्यक्तिले संविधानअनुसार गर्नुपर्ने कार्य नगरेकाले उनीहरुको  संवैधानिक नैतिकताको कुरा उठेको र सर्वोच्चले यसमा अब व्याख्या गर्नुपर्ने देखिएको बताउँछन्। 

‘सभामुख, उपसभामुख दलको सदस्य नै निर्वाचित हुने कुरा संविधानमा उल्लेख छ।  तर ती पदमा निर्वाचित भइसकेपछि दलको सदस्यबाट राजीनामा गर्नुपर्ने गर्नुपर्ने हुन्छ,’ ज्ञवाली भन्छन्, ‘सरकार बनाउँदा म जुन दलमा थिएँ। त्यही दलमा छु भन्ने आधारले सरकार बनाउने कुराको पक्षधरता लिँदा गम्भीर संवैधानिक नैतिकताको प्रश्न उठ्छ।’ 

संसद भित्रको कुनै पनि प्रस्तावमा मत विभाजन हुँदा बराबर मत परेको अवस्थामा मात्रै सभामुखले निर्णायक मत दिन पाउने संवैधानिक व्यवस्था भएको र संविधानले पनि बराबर मत भएको अवस्थामा निर्णायक मत दिने परिकल्पना गरेको ज्ञवाली बताउँछन्। 

Ncell 2
Ncell 2

‘कोशी प्रदेशको हकमा हिजो सभामुखको प्रश्न थियो। आज सभामुखले राजीनामा दिएपछि रिक्त भएको अवस्थामा ज्येष्ठ सदस्यको भूमिका निर्वाह गरेको व्यक्तिमाथि प्रश्न उठेको छ,’ ज्ञवालीले भने, ‘ज्येष्ठ सदस्य वा समामुखले निर्णायक मत दिने अधिकार संविधानले नै प्रष्ट पारेको छ। कानुनले सभामुख वा उपसभामुख नहुदाँ ज्येष्ठ सदस्य वा तोकेका व्यक्तिले प्रदेश सभा सञ्चालनको अध्यक्षता गर्न पाउने अधिकार दिएको छ। त्यसको प्रयोग कोशी प्रदेशमा भने दुरुपयोग भएको छ।’ 

संवैधानिक कानुनका जानकार एवं वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेल भने प्रदेश सभाको ज्येष्ठ सदस्यको रुपमा बैठकको अध्यक्षता गरिरहेको व्यक्ति मतदानमा सरिक हुन पाउने बताउँछन्। कोशी प्रदेशमा प्रदेश सभा बैठकको अध्यक्षता गरिरहेका व्यक्तिले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको कार्यलाई असंवैधानिक भन्न नमिल्ने पोखरेलको जिकिर छ। 

‘संविधानको धारा १८६ र १८८ लाई सँगै राखेर हेरियो भने कोशी प्रदेश सभाको अध्यक्षता गर्ने सासंद इस्राइल मन्सुरीले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने कार्यलाई कुनै तरहले गैर संवैधानिक भन्न मिल्दैन,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्। मुख्यमन्त्री थापाको कानुन व्यवसायी समेत रहेका पोखरेलसँग नेपाल लाइभले प्रतिक्रिया लिन खोज्दा उनले थप टिप्पणी नगर्ने बताए। नेपाल बारका पूर्व महासचिव समेत रहेका पोखरेल संविधानको धारा १६८ र १८८ लाई अलग रुपमा व्याख्या नगरी समग्रमा हेर्नुपर्ने भएकाले कोशी प्रदेशमा भएको अभ्यासलाई गैर संवैधानिक भन्न नमिल्ने दाबी गर्छन्। 

धारा १६८ र धारा १८८ मा के छ ? 
संविधानको धारा १६८ प्रदेश मन्त्रिपरिषद्‌को गठनसम्बन्धी व्यवस्था रहेको छ। सोही धाराको उपधारा(१)बमोजिम प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने  कुराको उल्लेख छ। 

यस्तै, धारा १६८ को (२) मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान रहेको छ। उपधारा (३) मा प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ। 

धारा १८८ मा विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था रहेको छ। उक्त धाराको उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको अवस्थामा मुख्मन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नु पर्ने व्यवस्था छ। 

उपधारा ३ मा विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतबाट पारित हुन नसकेको अवस्थामा मुख्यमन्त्रीको पदमुक्त हुने प्रावधान रहेको छ। 

यस्तै, उपधारा (४) मा प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यमध्ये एक चौथाई सदस्यले मुख्यमन्त्रीविरुद्ध विश्वास छैन भनि अविश्वासको प्रस्ताव पेस गर्न पाउने व्यवस्था छ। तर मुख्यमन्त्रीमा नियुक्त भएको पहिलो २ वर्षसम्म र  एकपटक राखेको राखेको अविश्वासको प्रस्ताव असफल भएको अवस्थामा २ वर्षसम्म त्यस्तो अविश्वासको प्रस्ताव लिन नपाउने व्यवस्था पनि उपधारा (४) मा छ। 

उपधारा (४) बमोजिम पेस भएको अविश्वासको प्रस्ताव प्रदेश सभाको तत्काल कायम रहेको सदस्यको बहुमतबाट पारित भएमा मुख्यमन्त्रीको पद रिक्त हुने व्यवस्था उपधारा (६) मा रहेको छ। 

९३ सदस्यीय कोशी प्रदेश सभामा विश्वासको मतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ गरी ४७ सांसद छन्। त्यस्तै, विपक्षमा रहेका एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ सांसद छन्।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  २०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म नागरिक स्तरको भ्रष्टाचार अनुसन्धान निकाय गठन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,  विदेशस्थित नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर... बिहीबार, कात्तिक १३, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै गत असोज २८ गतेदेखि कांग्रेस बैठक सुरु भएको थियो। बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघ... बिहीबार, कात्तिक १३, २०८२
त्रिपक्षीय छलफल :एमाले बाहेकका दल निर्वाचनमा जान तयार, प्रधानमन्त्रीले के भनिन् ? बालुवाटारमा भएको छलफलमा सरकारले तोकिएकै समयमा निर्वाचन गराउन वातावरण बनाउन दलहरूलाई आग्रह गरेको थियो भने दलहरूले सरकारबाटै त्यस्तो व... बुधबार, कात्तिक १२, २०८२
ताजा समाचारसबै
घरजग्गा कारोबारको लाइसेन्सका लागि दरखास्त आह्वान बिहीबार, कात्तिक १३, २०८२
अनुमानित समयअगावै सकियो ट्रम्प-सी भेटवार्ता, दुवैले गरे एकअर्काको प्रशंसा बिहीबार, कात्तिक १३, २०८२
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसद्वारा राजीनामा बिहीबार, कात्तिक १३, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
लिग २ क्रिकेटमा नेपालले यूएईसँग खेल्दै बिहीबार, कात्तिक १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू बुधबार, कात्तिक १२, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
सरकार, दल र जेनजीहरुको त्रिपक्षीय बैठक : को-को हुँदैछन् सहभागी ? बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्