काठमाडौं– साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। आइतबार सेयर बजार परिसूचक (नेप्से) २९.८१ अङ्कले घटेर १९६०.७८ को बिन्दुमा सीमित भएको छ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०९ अंकले ३७६.६२ मा सीमित भएको छ। कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा आइतबार गिरावट देखिएको छ।
विभिन्न कम्पनीका कूल ४० लाख ५३ हजार ३६८ कित्ता सेयर खरिदबिक्री हुँदा सेयर बजारमा आइतबार कूल १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँको कारोबार भयो। कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३ करोड ८८ लाख ८८ हजार १०६ मूल्य बराबरको सेयर कारोबार भयो। यस्तै आइएमइ लाइफ इन्स्योरेन्सको ३ करोड ७६ लाख ४१ हजार ०४६, सिटी होटल लिमिटेडको ३ करोड ७४ लाख २ हजार ७८०, माछापुच्छ्रे बैंकको ३ करोड ४९ लाख ६६ हजार ३०२ दुई र एभरेस्ट बैंकको ३ करोड २३ लाख ४३ हजार ७५४ रुपैयाँ बराबरको कारोबार भइ शीर्ष पाँचभित्र पर्न सफल भए।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार थ्री स्टार हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लाग्यो। यस्तै सिक्लेस हाइड्रोपावरको ५.५६, प्राइम बैंकको ऋणपत्र ४.०३ प्रतिशत, बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य १.९६ र सिटिजन म्युचुअल फण्ड दोस्रोको सेयरमूल्य १.९१ प्रतिशतले बढेको छ।
लिवर्टी इनर्जी र bसिटी होटलको सेयर मूल्य १० प्रतिशतले ओरालो लाग्दा नकारात्मक सर्किट लागेको छ। ग्रीन भेञ्चर्स ८.७९, कुथेली बुखरी स्मल हाइड्रोपावर ८.३९ र सामलिङ पावर कम्पनीको सेयर मूल्य ७.२२ प्रतिशतले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।