काठमाडौं– शुक्रबार काठमाडौं उत्रिएका अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन्।
सिनेटर होलेन ओलीलाई भेट्न नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबार पुगेका थिए।
भेटमा सिनेटर होलेनले नेपालको बाँकी रहेको शान्ति प्रक्रियाको काम कहिले टुङ्गिन्छ भनेर चासो राखेको भेटमा सहभागी एमालेका एक नेताले बताए। जवाफमा ओलीले शान्तिप्रकिया चाँडै टुङ्गिने चरण्मा रहेको जनाएको ती नेताले उल्लेख गरेका छन्।
सिनेटर होलेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री एनपी साउद लगायत उच्चस्तरिय भेट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।