• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अबदेखि ‘हेलो सरकार’२४ सै घण्टा सञ्चालनमा

64x64
नेपाल लाइभ आइतबार, भदौ १७, २०८०  १४:१०
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’को सेवालाई तीन सिफ्टमा विस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन्। 

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेका हुन्। 

शुभारम्भ समारोहमा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरू सहभागी थिए। 

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेल मोबाइलबाटसमेत गुनासो राख्न सकिनेछ। गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ। हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ।

हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ। त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ।

हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ। 

साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन गर्ने व्यवस्था गरिएको छ। गुनासोहरू सम्बोधनका निम्ति र्‍यापिड रेस्पोन्स टीमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले बताए। 

उक्त टीमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए, नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ।

nimb
nimb
Ncell 2
Ncell 2

हेलो सरकारको २४ सै घण्टा सञ्चालन हुने सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्रीले जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशन दिएका छन्। 

प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
जनताका गुनासो जति गम्भीरतापूर्वक सम्बोधन हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुन्छ। त्यसै प्रयोजनका निम्ति १२ वर्षअघि यो कार्यक्रमको शुभारम्भ गरिएको थियो। यसले गणतन्त्रमा जनमत र जनभावनाको सम्मान गर्ने परिस्थिति निर्माण भएको छ। जनताको गुनासो सुनिएन भन्ने मत पनि छ। यसलाई ३ सिफ्टको कार्यक्रमले पूर्णतः सम्बोधन गर्ने विश्वास लिएको छु। मैले हेलो सरकारको निरीक्षण गरेँ। कार्यकक्ष हेरेँ। त्यहाँ आएको गुनासोमध्ये दोलखाको एउटा गुनासो सुनेँ र त्यसलाई सम्बोधन गर्ने निर्देशनसमेत दिइसकेको छु।

सरकार र नागरिकबीचको सम्बन्धलाई अझै घनिभूत गराउन र शासकीय प्रणालीमा जनताको सहभागितालाई सक्रिय तथा सशक्त बनाउने अवधारणाका साथ १२ वर्ष अघि सुरू भएको हेलो सरकारलाई आजदेखि २४ सै घण्टा सञ्चालन गरिँदैछ। सरकार र जनताबीचको सम्बन्ध थप सुदृढ तुल्याउँदै जनसेवा सवलीकरणका निम्ति यो सेवा बिस्तार कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु। 

सार्वजनिक निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्राप्त जनगुनासोलाई शीघ्र सम्बोधन गर्न तथा जनताको जिज्ञासा समाधान गर्ने र सुझाव लिने कार्यमा सरकार सदैव क्रियाशील रहनुपर्दछ। राज्यमा सुशासनको प्रवद्र्वनका लागि सार्वजनिक निकायहरूबीच अन्तरक्रियात्मक प्लेटफर्मका लागि प्रभावकारी सञ्जाल निर्माण गर्न आवश्यक छ। विश्वका लोकतान्त्रिक मुलुकहरूका लागि आजको प्राथमिकता भनेको नै सार्वजनिक निकायहरूमा पारदर्शिता र उत्तरदायी प्रणालीको प्रवर्धन गरी नागरिकको विश्वास आर्जन गर्नु हो।

आधुनिक राज्यमा खुला सरकारको अवधारणाअनुरूप सार्वजनिक निकायहरूप्रति जनताको भरोसा दिलाउन सरकारले जनतालाई सुन्नुपर्छ भन्ने सैद्धान्तिक मान्यताका आधारमा नै नेपालको सन्दर्भमा आजभन्दा १२ वर्ष पहिले हेलो सरकारको अवधारणा विकास गरी सुरु गरिएको थियो। हेलो सरकार विभिन्न उतारचढावका बीच २४ सै घण्टा सञ्चालन गर्ने अवस्थासम्म आउनु हाम्रा लागि खुसीको कुरा हो।

वर्तमान राज्यप्रणालीप्रति नागरिकहरूको सकारात्मक अपेक्षा हुनु स्वाभाविक नै हो। यी अपेक्षाबीच जनतामाझ जन्मने गुनासो तथा जिज्ञासाहरूको तत्काल उचित सम्बोधन गर्न सकिएन भने जनता र सरकारबीचको दूरी बढ्दै जाने, राज्य र व्यवस्थाप्रति आम जनताको निराशा र असन्तुष्टि चुलिँदै जान सक्ने विषयको बोध गरेर नै मैले सरकारको नेतृत्व लिएको दिनदेखि सुशासन प्रवद्र्वनको कडीको रूपमा हेलो सरकारलाई थप प्रभावकारी बनाउन संरचनात्मक सुधारको विषयमा सचिवज्यूहरूसँगको बैंठकमा मैले दिशानिर्देश गरेको थिएँ।यसैगरी संसदमा पनि मैले हेलो सरकारलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छु।

आज हेलो सरकार कक्ष व्यवस्थित भएको छ। पुरानो निर्देशिका संशोधन गरिएको छ। सञ्चारका विभिन्न माध्यमबाट २४ सैं घण्टा आम नागरिकले गुनासो, जिज्ञासा वा सुझाव दिन सकिने व्यवस्था गरिएको छ। हेलो सरकार व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन प्रत्येक सिफ्टमा उपसचिवहरूको नेतृत्वमा ३ सिफ्ट सञ्चालन हुने गरी व्यवस्था मिलाइएको छ। पहिलो चरणमा विभिन्न दर्जाका कर्मचारीहरू खटाइएको छ। आवश्यकताअनुसार विश्वविद्यालयहरूसँग सम्झौता गरी इन्टर्नमा आवश्यक मात्रामा विद्यार्थी लिनसक्ने व्यवस्था समेत गरिएको छ। नेपाल टेलिकम र एनसेलबाट गुनासो, जिज्ञासा वा सुझाव दिने र कल रेकर्डिङ्ग प्रणालीको विकास गरिएको छ।

हेलो सरकारलाई केन्द्रीयस्तरमा मात्र सीमित नगरी प्रदेश र स्थानीय तहमा समेत यसको सञ्जाल बिस्तार गर्नुपर्ने आवश्यकता छ। यस संयन्त्रलाई सरकारी नीति निर्माणमा नागरिक पृष्ठपोषण हुने प्रणालीको रूपमा विकास गर्नुपर्ने नै छ। यसका साथै गुनासो व्यवस्थापन प्रणालीलाई कृत्रिम बौद्धिकतासँग आवद्वता गर्ने लगायत नागरिकका उत्कृष्ट विचार लिने क्राउडसोर्स गभर्नेन्सका रूपमा विकास गर्न अपरिहार्य छ।

सुशासनको पहिलो शर्त सरकार र जनताबीचको आत्मीय सम्बन्ध बलियो हुनु हो। जनतामा सरकार पनि छ भन्ने अनुभूति गराउन सकिएन भने हामीले जे–जति सेवा प्रवाहमा सुधार गरेपनि या सुशासनका कुरा गरेपनि यसले केही अर्थ राख्दैन। त्यसैले म नेपाल सरकारका सबै निकायलाई जनताको गुनासो व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न निर्देशित गर्दछु। हाम्रा लागि साना तथा महत्वपूर्ण नलाग्न सक्ने गुनासोहरू आम नागरिकका दैनिक जीवनका आयामसँग प्रत्यक्ष जोडिने गर्दछन्। गुनासा तथा जिज्ञासाहरू सबैं महत्वपूर्ण नैं हुन्छन् र सार्वजनिक निकायप्रतिको नागरिक सुझावहरू अमृत समान हुन्छन्।

अहिले हाम्रा बिभिन्न सार्वजनिक निकायहरूमा गुनासो सुनुवाइ गर्ने संयन्त्र रहेका छन्। तर सबै संयन्त्रहरू अझै जनताको मुहार उज्यालो बनाउन सक्ने ऐनाको भाष्यमा रूपान्तरण हुन सकेका छैनन्। जनताका गुनासो तथा जिज्ञासाहरूलाई बास्केटमा राखेर कार्यालयमा स्टोर मात्र गर्ने परम्परागत संयन्त्र र कार्यशैलीले जनताप्रतिको उत्तरदायित्व बोध गराउन सक्दैनन्। सबैं संयन्त्रलाई उत्तरदायित्व बोधले तिखार्न र कार्यसम्पादन गर्न सकेमा मात्र सरकारप्रति जनविश्वास आर्जन गर्न सकिन्छ।

सुस्ताएझैं देखिएको हेलो सरकारलाई प्रविधि, जनशक्ति र सामग्रीले सुसुज्जित गर्दै गुनासो व्यवस्थापनको आधुनिक र उच्चस्तरीय संयन्त्रको रूपमा विकास गर्न अहोरात्र खटिनुभएका मेरो सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सम्पूर्ण पदाधिकारी तथा कर्मचारी साथीहरूप्रति धन्यवाद व्यक्त गर्दछु। यसैगरी हेलो सरकार कार्यकक्षलाई थप व्यवस्थित गर्न सहयोग गर्ने नेपाल टेलिकम, एनसेल र कलश सर्भिसेज प्रा।लि। लगायतका संघसंस्थाहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

हेलो सरकारसँग प्रत्यक्ष आवद्व भई सार्वजनिक सरोकारका विषयमा आफ्ना गुनासा, जिज्ञासा कुनै पनि समयमा राख्न र नीति निर्माणका विषयमा रचनात्मक सुझाव तथा सूचना उपलव्ध गराउन तथा सञ्जाल सदस्य बन्न र अन्तरक्रिया गर्न आम जनसमुदायमा विशेष अनुरोध गर्दछु। अन्त्यमा, सुशासनका पक्षमा सरकारले चालेका कदमहरूमा साथ दिएर आ–आफ्नो स्तरबाट सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू, संघसंस्था तथा निकायलाई धन्यवाद दिँदै आगामी दिनमा यसलाई प्रभावकारी बनाउन समेत यहाँहरूको सहयोग रहिरहने विश्वास व्यक्त गर्दछु, धन्यवाद।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी
सम्बन्धित सामग्री
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार खनाललाई मुख्य सचिव पदमा नियुक्त गरेको जानकारी पार्टी प्रवक्ता तथा प्रचार विभाग... आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आज काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय समितिबाहिर रहेका नेताहरूसँग मिलेर काम गर्न तयार रह... आइतबार, जेठ ३, २०८३
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको उल्लेख गरे। उन... आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्