फाइल तस्बिर काठमाडौं– आइतबार तीनवटा संसदीय समितिका बैठक बस्दैछन्। जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ।
बैठकमा समितिको हालसम्मको कार्यप्रगति, निर्णय तथा निर्देशन र समितिमा छलफल गर्नुपर्ने विभिन्न महत्वपूर्ण विषयहरुको प्रस्तुति र छलफल हुनेछ।
त्यस्तै महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे बस्दैछ। बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तुति हुनेछ।
बिहान ११ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा दिगो विकास लक्ष्य नम्बर ५ अन्तर्गत लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।