काठमाडौं– आइतबार बिहानै काठमाडौं महानगरपालिका–३२ स्थित पेप्सीकोलाको छाप्रोमा बस र बोलेरो एक आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।
बिहान करिब साढे ७ बजेतिर जडिबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी संघको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी एक आपसमा ठोकिँएको थियो।
साथै उक्त दुर्घटनामा बा.प्र.०२-०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको एफ–जेट मोटरसाइकल पनि ठोक्किएका थिए।
दुर्घटनामा घाइते भएका १४ जनामध्ये ८ जनाको पेप्सीकोलास्थित मदरल्यान्ड अस्पतालमा र बानेश्वरस्थित सिभिल अस्पतालमा ६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
बस चालक रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ०२ घर भई हाल पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।