रामेछाप– रामेछाप जिल्लाको रामेछाप नगरपालिका–४ हिमगंगाको चिलाउने खर्कमा बाघको आक्रमणमा परि तीन जना घाइते भएका छन्।
मंगलबार बिहान गाईको बाच्छो खाइरहेको बाघलाई लखेटने क्रममा बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट घाइते हुनेहरूमा रामेछाप नगरपालिका– हिमगंगा चिलाउने खर्कका ६५ वर्षिय दलबहादुर बिक, ३२ वर्षिय छत्र बहादुर तामाङ र ४९ वर्षिय तेजबहादुर तामाङ रहेका छन्।
घाइतेहररूको अहिले जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापा मगरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।