काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले केन्द्रीय सरकारलाई आपत्तिजनक धम्की दिएका छन्।
उनले भोलिदेखि महानगरपालिकाका कुनै पनि गाडी नरोक्न चेतावनी दिएका छन्। साथै उनले भोलिदेखि सरकारका तर्फबाट महानगरपालिकाका कुनै पनि गाडी रोकिए सिंह दरबार आगो लगाइदिने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘आजको लागि केही भएन। भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।