काठमाण्डौं- नेकपा माओवादी केन्द्रले काठमाण्डौंको गोंगबु बसपार्कमा शनिबार बिहान रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको छ।
तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो। माओवादी काठमाण्डौं महानगर २६ नम्बर वडाद्वारा आयोजित उक्त रक्तदान र स्वास्थ्य शिविरको उपहमासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले उद्घाटन गरे।
संगठन सुदृढीकरण र विस्तारका लागि माओवादीले शनिबारदेखि देशभरका ७ हजार बढी वडामा एकैपटक अभियान सञ्चालन गर्दैछ। माओवादीले पदाधिकारीदेखि केन्द्रीय सदस्यसमेतलाई वडा-वडाको जिम्मेवारी दिएर अभियानमा खटाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।