काठमाडाैं- सरकारले नेपालको संसद्ले सन् २०२० मा सर्वसम्मत रुपमा स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सालाई अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको बताएको छ।
‘यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ,’ परराष्ट्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
साथै, नेपालले कुनैपनि सीमाको विषय संवाद र कूटनीतिक तवरबाट टुंगो लगाउने पनि परराष्ट्रले बताएको छ।
चीनले जारी गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश गरेको छैन। सो बारे विवाद बढ्दै जाँदा परराष्ट्रले विज्ञप्ति जारी गर्दै आफ्नो औपचारिक धारणा प्रस्तुत गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।