काठमाडाैं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ।
संयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार काठमाडाैं आइपुगेका उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।
हाेलेनसितकाे भेटमा नेपाल र अमेरिकाबीच सहकार्यका विविध विषयमा छलफल भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
आफ्नो भ्रमणका क्रममा हाेलेनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न भेटवार्ता गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।
भ्रमणका क्रममा उनले नेपालका सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।