फाइल तस्बिर
पर्वत– पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मरेको अवस्थामा भेटिएको छ। राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा आज (शुक्रबार) चितुवा मरेको अवस्थामा फेला परेको हो।
स्थानीयवासीले मृत चितुवा देखपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयको खबरपछि डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहितको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेका छन्। डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै ३ वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ। चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन।
वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवा खाडलमा गाडिएको हो। पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा ९ चितुवा मृत फेला परेका थिए। २ वटाको जीवितै उद्धार गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।