काठमाडौं– झण्डै ८ वर्षदेखि बन्द रहेको नेपाल–चीन तातोपानी नाकामा आज (शुक्रबार)देखि मानव आवत–जावत सुरु हुने भएको छ। सामान पैठारी तथा निकासीका लागि केही महिना अगाडि नै नाका खुले पनि मानव आवत–जावत भने खुलेको थिएन।
गत मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए।
प्रजिअ न्यौपानेले नाकामा मानव आवत–जावत खुला गर्ने विषयमा सबै तयारी गरिएको बताए। ‘नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ,’ न्यौपानेले भने।
२०७२ सालको भूकम्पपछि तातोपानी नाका बन्द रहेको थियो। तातोपानी नाकाबाट ३ महिना अगाडि मात्रै मालवाहक सवारीको आवतजावत खुलेको थियो।
प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए। प्रजिअ न्यौपानेका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।