काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ।
आज (शुक्रबार) बिहानसम्म देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक वा दूई स्थानमा हल्का वर्षा भइरहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको र बाँकी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र देशका बाँकी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।