काठमाडौं- ईन्जिनिरिङ अध्ययन संस्थानको शुल्कवृद्धिको विरुद्ध अनसन बसेका नेविसंघ पुल्चोक इकाई सभापति सुलभ चापागाईंले पदबाट राजीनामा दिएका छन्।
विभिन्न १२ विद्यार्थी संगठन र त्रिवि पदाधिकारीबीच शुल्क वृद्धि फिर्ता लगायतका विषयमा ५ बुँदे सहमति भएपछि चापागाईंले पदबाट राजनीमा दिएको घोषणा गरेका हुन्।
पाँच बुँदे सहमतिपश्चात् नेविसंघ अध्यक्ष डुजाङ सेर्पाले सुलभको अनसन तोडाएका थिए। लामो समयदेखि शुल्कवृद्धि फिर्ताको माग गर्दै अनसन बसेका सुलभले सहमति हुँदा आफूसँग कुनै सल्लाह नगरेको भन्दै गुनासो गरेको बताएको छ।
अनसनत तोडे लगत्तै सुलभले सामाजिक सञ्जाल फेसबुकमार्फत् इकाइ सभापतिबाट राजीनामा दिएको घोषणा गरेका छन्। सुलभका समर्थकहरुले सुलभ अनसन बसेको र विद्यार्थी संगठनले त्यसको जस लिने काम गरेको भन्दै आलोचना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।