काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट विद्याार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई कार्यकक्ष प्रवेशमा रोक लगाउने भएको छ। अनेरास्ववियुका अध्यक्ष समिक बडालले शुल्कवृद्धिको विरोधमा शुक्रबारदेखि विश्वविद्यालयका पदाधिकारीहरूलाई कार्यकक्षमा रोक लगाइने बताए।
इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) लाई समाप्त प्रार्ने शैक्षिक माफियाको योजनामा लिप्त भएको भन्दै अनेरास्ववियुले बिहीबार सडक प्रदर्शन गरेको थियो। विश्वविद्यालयको नेतृत्वले बालुवाटारमा बसेर गरेको व्याख्यात्मक घोषणाविरुद्ध अनेरास्ववियु निरन्तर आन्दोलनमा रहेको जनाउँदै अनेरास्ववियु अध्यक्ष बडालले शुल्कवृद्धि पूर्ण रुपमा खारेज नहुन्जेल आन्दोलन निरन्तर अघि बढ्ने जनाएका छन्।
आईओईको शुल्क वृद्धिविरुद्ध आन्दोलनरत अनेरास्ववियु बाहेकका विभिन्न विद्यार्थी संगठन र त्रिविबीच बुधबार ५ बुँदे सहमतिपछि विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए। तर अनेरास्ववियुले उक्त सहमतिलाई धोकापत्रको संज्ञा दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।