काठमाडाैं- नेपाल सरकारले परमाणविक ऊर्जा, विज्ञान तथा प्रविधि सम्बन्धी सन्धि संसदमा पेश गरेको छ। शिक्षा, विज्ञान तथा प्रावधि मन्त्री गिरीराजमणी पोखरेलले मंगलबार सन्धि संसदमा दर्ता गरेका हुन्।
मंगोलियाको राजधानी उलनवटारमा अयोजित अन्तराष्ट्रिय आणविक उर्जा एजेन्सीको (आईएईय) क्षेत्रीय सम्मेलनको सहमतिमा नेपालले उक्त सन्धी स्वीकृत गर्न बाँकी थियो। सम्मेलनमार्फत् स्वास्थ्य, कृषि, वातावरण, उद्योग, अध्ययन, अनुसन्धानजस्ता विषयसँग सम्बन्धित साझा समस्याको समाधान गर्ने उद्देश्य रहेको थियो।
राष्ट्रिय आणाविक उर्जा कार्यक्रममा साझा हितका क्षेत्र रहेको कुरालाई आईएईयका सदस्य राष्ट्रहरुले मान्यता दिने प्रावधान रहेको छ।
नेपाल सन् २००८ देखि संयुक्त राष्ट्रसंघ अन्तर्गतको आईएईएको सदस्य रहेको छ। एशिया प्यासेफिक क्षेत्रका २२ राष्ट्रमध्ये नेपाल पनि आईएईएको सदस्य राष्ट्र हो।
परमाणविक विज्ञान तथा प्रविधि अनुसन्धान, विकास र तालिमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता १९८७ लाई प्रतिस्थापन गर्ने गरी २०१७ मा परमाणविक विज्ञान तथाप्रविधि सम्बन्धी अनुसन्धान, विकास र तालिम क्षेत्रीय सहयोग सम्झौता आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।