काठमाडौं- नेकपा एमालेले पश्चिम-पूर्व पदयात्रा गर्ने निर्णय गरेको छ। बुधबार सिरहामा बसेको सचिवालय बैठकले आगामी मंसिरमा बैतडीको झुलाघाटदेखि पाँचथर च्यो भञ्ज्याङसम्म पदयात्रा गर्ने निर्णय गरेको हो।
त्यस्तै, नेकपा स्थापनाको हिरक महोत्सवका अवसरमा सिरहामा स्तम्भ शिलान्यास गर्ने निर्णय पनि लिइएको छ। बैठकबाट पार्टी नयाँ ढंगले अघि बढाउने संकल्प पनि लिएको छ।
एमाले सचिवालय बैठक सिरहाको सर्रे, अम्बासमा बैठक बसेको थियो। २०४६ सालमा तत्कालीन मालेको चौथो महाधिवेशन आयोजना भएकै घरमा एमालेको सचिवालय बैठक बसेको हो। सो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।