तस्बिर : एमाले अध्यक्ष केपी शर्मा ओलीको फेसबुकबाट काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक सिरहामा जारी छ। सिरहाको सर्रे, अम्बासमा बैठक बसिरहेको हो। बिहान साढे ११ बजे बस्ने भनिएको बैठक नेताहरू ढिलो पुगेका कारण दिउँसो मात्रै सुरु भएको हो।
बैठकका लागि एमाले नेताहरु बुधबार नै पुगेका थिए। यहाँ भदौ ९ गते नै बैठक बस्ने तयारी गरिएको थियो। तर मौसमको कारण बैठक सरेको थियो।
२०४६ सालमा तत्कालीन मालेको चौथो महाधिवेशन आयोजना भएकै घरमा एमालेको सचिवालय बैठक बसिरहेको हो। सो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएका थिए।
सिरहा बैठकबाट केही दीर्घकालीन अर्थ दिने खालका निर्णय गरिने एमालेका नेताहरूले बताएका छन्।









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।